अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

‘सिके राउत जस्ता बिखण्डनबादीहरुलाई हामी यसै छोड्दैनौं’-सोम बिक्रम सिंह(अध्यक्ष-रासम)

बिआरटीनेपाल २०७३ माघ ११ गते ०:०४ मा प्रकाशित

करिब डेढ बर्ष पहिला नेपालको तराई क्षेत्र अलग गर्नुपर्छ भन्दै अभियानमा लागेका डा. सिके राउतको बिबादास्पद अभिब्यक्तिलाई लिएर खैला बैला मच्चियो । राउतले नेपाली सेना, नेपाली चेलिमाथि अपशब्द प्रयोग गरेंको भन्दै राउतको बिरुद्ध नेपालीहरु सामाजिक संजालमा निकैं चर्किए । राउतको सर्बत्र बिरोध भयो । राउतलाई देश निकाला गर्नुपर्ने, कडा भन्दा कडा सजाय दिनुपर्ने आशय ब्यक्त भए । राउतलाई सरकारले भने पक्राउ गरी राख्नु उचित सम्झेन, सम्माननीय अदालतबाट राउतले तराईमा छुट्टै शसष्त्र सेना तयार पार्न खोजेको, राष्ट्रिय बिखण्डन गर्न खोजेको, सम्प्रदायमा खलल पुग्ने खालका पर्चा पम्पलेट तयार पारेको आरोपमा दायर भएको मुद्धामा सफाई दियो ।
अदालतको फैसलाले राउतको हौसला थप बृद्धि हुन पुग्यो । उनले आफ्ना अभिब्यक्तिहरु राष्ट्र बिखण्डनको पक्षमा थप चर्को बनाउँदै गए । राउतलाई बेला बेला प्रहरीले समातेपनी तत्कालै रिहा गर्ने क्रियाकलाप चलि रहे ।

राउतलाई एमनेस्टि ईन्टरनेशनल नामक अन्तराष्ट्रिय मानवअधिकारवादी संस्थाले संरक्षण गरेको आरोपमा मानवअधिकारवादी कृष्ण पहाडी लगायत करिब १ दर्जन समुहले साधारण सदस्य पनि नरहने गरी राजिनामा गरे । यसै बिचमा राष्ट्रिय सरोकार मंच नेपाल नामक संस्थाले संस्थागत रुपमा राउतका गतिबिधी बिरुद्ध आवाज उठायो । बिज्ञप्ति जारी गरी राउतलाई भौतिका कारबाहिको चेतावनी पनि दियो ।
मंचको उक्त अभिब्यक्तिलाई लिएर राउतले पनि कडा प्रतिक्रिया दिए । तर मंच राउतलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा ध्यानाकर्षण गराउन पुग्यो र राउतलाई संरक्षण गर्दै आएको आरोपमा एमनेष्टि ईनटरनेशनलालाई खारेज गर्नुपर्ने मागका साथ राष्ट्रिय मानवअधिकार आयोगमा पनि पुग्यो ।

केहि दिन अगाडि मात्रै सिके राउतले फेरी राष्ट्र बिखण्डनको नारालाई गुञ्जायमान बनाए । राउतका गतिबिधिको सर्बत्र बिरोध भयो, त्यति मात्र नभएर राउतले उठान गरेको बिषय संसदमा समेत बहसको बिषय बन्यो । यसै बिच प्रधानमन्त्री पुष्प कमल दाहालले राउतलाई जनताले कार्बाही गर्ने अभिब्यक्ति पनि दिए ।

कुनै समय राउतलाई भौतिक कारबाहिको चेतावनी दिने राष्ट्रिय सरोकार मंच पछिल्लो समय भने मौन देखियो । मंच किन मौन ? बिआरटी नेपाल प्रतिनिधी सुषमा देवकोटाले यसै सन्र्दभमा मंचका अध्यक्ष सोम बिक्रम सिंहसँग गरेको कुराकानी

सिके राउतका पछिल्ला गतिबिधीलाई कसरी हेरि रहनु भएको छ ?
पहिलो प्रश्नले नैं झट्का दिएको छ । के कसैको गतिबिधी हामीले नियाली रहनु पर्ने, हामी सुरक्षाकर्मी वा अनुसन्धानकर्मी हौं र ? तर तपाई स्वयंलाई नैं राष्ट्रिय सुरक्षा नीति तथा सरकारमा नै विश्वास नभएर हामीलाई सोध्नु भएको होला । हो हामीले पनी यस राष्ट्रको सुरक्षा नीतिसँग विश्वास नभएर नैं सुछम तरिकाले सिके र उनिजस्ता राष्ट्रघाती र देशद्रोहीको गतिबिधि नियाली रहेका छौं, यस्ता गतिबिधी संचालन गर्नेलाई यसै छाडा छोडिन्न । यस बिषयमा राष्ट्रवादी र देशप्रेमी संगठन, पार्टि, संस्था र जनतासँग ब्यापक छलफल चलाईरहेका छौं । अहिले यो भन्दा धेरै कुरा नगरौं ।

नेपालको संबिधानले वाक स्वतन्त्रता प्रदान गरेको छ, सिके राउत नेपालको नागरिक होईनन् र ?
होईन सिके र तिनी जस्ता राष्ट्रघाती र देशद्रोही कदापी नेपाल आमाको सन्तान हुन सक्दैनन् र हामी मान्दैनौं पनि । संबिधानम वाक स्वतन्त्रता छ भन्दैमा हामी एक आपसमा गाली गलौंज गर्न त कानुनले निशेध गरेको छ भने देशै टुक्रयाउँछु भन्नेलाई त कानुनमा बन्देज लगाईएको छ नी ।

कुनै समय सिके राउतलाई भौतिक कारबाहिको चेतावनी पनि दिएको सुनिन्थ्यो, हिजो आज किन मौन ?
हो सहि हो । हामी त्यसै चुप लागेर बसेका छैंनौ तर यसमा सिके र तिनि जस्ता बिखण्डनबादीलाई ब्यापकरुपले दक्षिणले सर्पोट, प्रशिक्षण, सहारा दिएको छ भन्ने सूचना प्राप्त भएको र केही प्रतिष्ठित समाचार माध्यमले पुष्टि पनि गरिसकेको छ । यसमा थप बल पूर्ब उपप्रधान तथा रक्षा मन्त्रि रहेका भीम रावलजीको अभिब्यक्तिले पनि पुष्टयाई गरि सकेको छ । यसमा यस नालायक सरकारले झन बल पुयाईरहेको अवस्था पनि छ । यस्ता कैंयौ मधेशका धर्ति पुत्र भन्ने र नेपालका कथीत नेता भन्ने दलाल चरित्रले पनी यो मिशनलाई बल पुयाईरहेको अवस्थामा हामी यस बिषयलाई ब्यापक रुपले आम नागरिकमा पुयाउने प्रयासमा छौं । यसमा हामीले बिभिन्न पार्टि, संघ संस्थाका शिर्ष नेतालाई छलफलमा तानेका छौं । फेरी चेतनशिल राष्ट्रवादी, देशभक्त, स्वाभिमान नेपाली नागरिकले त्यस्ता कु तत्वलाई यसैं छोडने छैनन, आम नेपाली नागरिकले त्यस्ता तत्व बिरुद्ध चलाएको आन्दोलन र कार्बाहीमा हामी साथ दिन तम्तयार छौं ।

कता कता सुनिन्छ तपाई र तपाईले नेतृत्व गर्ने संगठन सरोकार मंचले  देशको परिस्थिती अस्थिर बनोस भन्नेमा हुनुहुन्छ रे
हेर्नुस कुनैपनी स्वाभिमानी, देशभक्त र राष्ट्रवादी ब्यक्तिले यस्तो किसिमको कु क्रियाकलाप, अवांछित गतिबिधी, जन्मभूमिप्रति त्यस्तो किसिमको घात पर्ने गतिबिधीप्रति हुने किसिमको सर्मथन रहदैन । हाम्रो एजेण्डा बैदिक सनातन हिन्दुधर्म सहितको राजसंस्थाको अपरिहार्यता हो । राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति, भेष भुषा, बैदिक सनातन देखि चलिआएको चलन, बिधी, लवाई खवाईको संरक्षक र अभिभावकत्व सिर्फ राजसंस्थाको नेतृत्वले गर्छ भन्ने हाम्रो ठम्याई हो तर त्यो प्राप्तिको लागि कुनै बिखण्डनकारी प्रयास होस र देशमा अराजकता छावोस भन्ने कुने पनि हालतमा मान्य हुदैंन । फेरी बिखण्डन भएर बाँकि रहेको आधि राज्यको लागि राजसंस्था र धर्मको कुनै पनि औचित्य र आवश्यकता पनि छैन । ज्ञात रहोस यो माटोको रक्षार्थ जय मा देबि भवानी, आयो गोर्खालीको बुलन्द आवाज लिएर हामी नेपाली लडि नैं रहने छौं ।

भोलीका दिनमा सिके राउत र यस्ता गतिबिधी गर्नेहरु बिरुद्ध तपाई र तपाईको संगठनको रणनीति कस्तो हुनेछ ?

यस्ता बिखण्डनकारी, देशघाती, राष्ट्रद्रोही बिरुद्ध त पहिला जनतामा चेतना फैलाउने हो । अघि नैं भनिसके हामीले बिभिन्न संघ, संस्था, पार्टिसँग यस बिरुद्ध ब्यापक छलफल चलाई सक्यौं । एकदिन तपाईले चेतनशील नागरिकको बुलन्द आवाज ज्वालामुखि फुटेको झैं देख्नु हुनेछ । त्यस्ता राष्ट्रघाती यो देशमा कुनै पनि हालतमा बाच्ने अधिकार छैन भन्ने बुलन्द आवाज बिस्फोट हुनेछ । हामी सुरक्षाकर्मी, राष्ट्रसेवकहरुसंग पनि निरन्तर सम्पर्कमा छौं, उनिहरुले पनि सायद आफनो मात्रृभूमिको रक्षार्थ कुनै न कुनै ठोस कदम चाल्नेछन भन्ने हामी विश्वस्त छौं ।

हामी पनि त्यसै चुप लागेर बस्ने छैनौं । कसैले हतियारको दम्भ गर्छ भने हामी पनि हाम्रो दिमागमा हतियार श्रृजना गरि अघि बढने छौं भन्ने धर्ति माताबाट निर्देशित हुनको लागि प्रतिक्षारत नैं छौं । एक मुठि माटो लिई शिरमा राखेर यस धर्तिको रक्षार्थ हामी जुनसुकै कदम उठाउन पनि तयार छौं । यसमा सम्पूर्ण राष्ट्रप्रेमी, धर्तीपुत्र, राष्ट्रवादी, स्वाभिमानी, चेतनशिल नागरिकको एक साथ रहनेछ भन्नेमा हामी विश्वस्त छौं ।

सिके राउतलाई सरकारले किन संरक्षण गरेको होला जस्तो लाग्छ ?
सरकारले किन संरक्षण गरको भन्ने प्रश्नमा मेरो यति भन्नु छ, सरकार प्रमुखले नैं लाचारी देखाईसके नी यसमा उनले केही गर्न सक्दैनन रे, जनताले पो गर्छन रे । हामी स्वतन्त्र नागरिकले यस्तो हुती नभएको सरकारबाट के आशा गर्नु ? उनिहरु त बिदेशी मिशन लिएर तिनिहरुको एजेण्डा र अभिष्ट पुरा गर्न पो बिभिन्न तन्त्रको बहानामा देश टुक्रा टुक्रा पार्न पो उद्यत भएका हुन त । देश त बिभिन्न आन्दोलन, क्रान्ति र तन्त्रको नाममा विदेशी खासगरी बिस्तारबाद, साम्राज्यवाद, अहिले आएर भारतीयबादको नाममा पो सिद्धिन लाग्यो त । बिडम्बना, नेपालमा प्रत्येक पटक खाली राष्ट्रघाती सरकार बन्यो । नागरिकले यसलाई मनन गर्न नसक्नु र बुझन नसक्नु नै ठूलो गल्ति हो ।

देशमा यस्ता गतिबिधीलाई कस्ले पश्रय दिईरहेको जस्तो लाग्छ ?
कसले भन्नु सिधै सरकारले पश्रय दिईराखेको छ नी । त्यसमा अंगिकृतले बल दिईरहेका छन् । अब हामी नेपाली रहेनौं सिर्फ अंगिकृत र नेपाली भयौं । त्यसमा सुरक्षाकर्मी र राष्ट्रसेवक समेत मौन बस्नु पनि असाध्य नै घातक हो । सिके राउत बिरुद्ध राष्ट्र बिप्लवको मुद्धामा सर्बोच्चले त्यसरी सजिलै उन्मुक्ति देला भन्नेमा हामी राष्ट्रप्रेमी तथा देशभक्त जनताले सोचेका पनि थिएनौं । त्यसमा कानुन र न्याय बिकेको देख्दा मन भतभति पोलेर आउँछ । तर यो सबै एकदिन चेतनशिल नागरिकले सहि पथमा ल्याउनेछन भन्नेमा विश्वस्त छु ।

अन्तमा भन्नुपर्ने केहि छ कि ?
अन्तमा भन्नुपर्दा सम्पूर्ण चेतनशिल नागरिक जागौं र जुटौं, राष्ट्रघाती, देशद्रोही र बिखण्डनकारी बिरुद्ध टुटौं । के हामी नागरिक साच्चिकैं भेडा हौं र ? होईनौं भने राष्ट्र र राष्ट्रियताको माया नभएका यि शासकको होस्टेमा हैंसे किन थापिरहेका छौं ?
म ब्यक्तिगत तथा सरोकार मंचका तर्फबाट राष्ट्रवादी तथा देश बचाउ अभियानको लागि राजसंस्था, क्रान्तिकारी पार्टि बिप्लव माओवादी, सम्पूर्ण राष्ट्रवादी तथा देशप्रेमी नेता, चेतनशिल नागरिक, लेखक, प्राबिधिक क्षेत्रका साथिहरु, प्राज्ञिक ब्यक्तित्वहरु, राष्ट्र सेवक, चौथो अंगका साथिहरु, सुरक्षाकर्मी तथा तमाम धर्तीपुत्रहरुमा आवहवान गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू