अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

टेक्सस राज्य ‘सुरक्षित क्षेत्र’ घोषणा भएसंगै गैरकानुनी रुपमा अमेरिका बसिरहेका आप्रबासीको त्रास हट्दै

बिआरटीनेपाल २०७३ माघ १० गते १:०६ मा प्रकाशित

अमेरिकामा गैरकानुनी रुपममा बसिरहेका आप्रबासीहरुका लागी टेक्सस राज्यको राजधानी अस्टिन सहर अब ‘सुरक्षित क्षेत्र’हुने भएको छ। स्थानीय नव निर्वाचित शेरिफ स्याली हर्नान्देज़ले आगामी फेब्रुअरी महिनाको १ तारिखदेखि लागु हुने गरी अस्टिन सहर सहितको ट्राभिस काउन्टीलाई ‘सुरक्षित क्षेत्र’ घोषणा गरेकी हुन् ।

ट्राभिस काउन्टीको आफ्नै वेबपेज मार्फत सार्वजनिक भएको भिडियोमा हर्नान्देज़ले नयाँ अध्यागन नीति का बारेमा बताएकी छन् । उनले सार्वजनिक गरेको भिडियोमा अमेरिकी केन्द्रीय अध्यागमन विभागले आफू खुसी सो काउन्टी भित्ररहेका कुनै पनि कैदीहरुलाई अदालतको आदेश बिना डिपोर्ट गर्न नपाइने, स्थानीय कैदीहरुलाई उनीहरूको लिगल स्ट्याटसका बारेमा सोध्न र सो विषयमा अनुसन्धान गर्न नपाइने र स्थानीय प्रहरी ( प्रशासनका कुनै पनि निकायलाई ट्राभिस काउन्टीका बासिन्दासंग उनीहरूको लिगल स्ट्याटसु सोध्न नपाइने उल्लेख छ।

डेमोक्र्याट पार्टीकि उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएकी हर्नान्देज़ ‘ट्राभिस काउन्टीबाट केन्द्रीय अध्यागमन विभागका एजेन्टहरुलाई बाहिर राख्ने’ चुनावी नारा बोकेकी थिईन् । जसमा उनलाई आप्रबासीको ठुलो सहयोग प्राप्त भएको थियो।

रिपब्लिकनहरुको बाहुल्यता रहेको टेक्सस राज्य गैर कानुनी आप्रबासीका लागि खासै सहज राज्य मानिदैन। अद्यागमनका विषयमा उदार नीति सार्वजनिक गर्ने ट्राभिस काउन्टी एक पहिलो क्षेत्र हो। कुनै पनि अपराधमा गिरफ्तार भएका व्यक्तिहरूलाई उनीहरू ‘इलिगलु भएको थाहा भएमा तुरुन्त ‘डिपोर्टेसनु प्रक्रिया चलाउने नियम ट्राभिस काउन्टी लगायत टेक्सस राज्य भरि लागु भएको ट्राभिस काउन्टीको यो ुलिब्रलु नीति सँगै स्थानीय प्रशासन र राज्य प्रशासन बिच सङ्घर्ष सुरु भैसकेको छ।

टेक्सस राज्य प्रमुख गभर्नर ग्रेग एबोटले आफ्नो ट्वीटर अकाउन्ट मार्फत राज्य बाट ट्राभिस काउन्टीलाई पाइने बजेटमा रोकुवा गर्ने घोषणा गरी सकेका छन्।

स्थानीय प्रशासनले गरेको यो निर्णयले काउन्टी र टेक्सस राज्य प्रशासन बिच द्वन्द हुने निश्चित छ। तर स्थानीय आप्रबासी समुदायहरुले भने शेरिफ हर्नान्देज़को यो महत्वपुर्ण र दरिलो निर्णयको तारिफ गरेका छन्। यो उदार नीतिले गैर कानुनीरुपमा अस्टिन सहर तथा ट्राभिस काउन्टीमा बसोबास गर्ने नेपालीहरू पनि आसा जगाएको छ । आफ्नो जीवन सुरक्षित हुने संकेतले त्यहाँ बसेका आप्रबासीहरुमा देखिंदै आएको नैरास्य र डिप्रेशनपनि हटेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू