अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

सुनसरीमा दैनिक सात वटा सम्बन्ध विच्छेद

बिआरटीनेपाल २०७३ माघ ६ गते १९:५७ मा प्रकाशित

सुनसरीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढेको छ । जिल्ला अदालत सुनसरीका अनुसार पछिल्लो चार महिनामा ४९ वटा समबन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । जिल्ला अदालतमा दैनिक चार देखि सात वटा सम्म सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको तथ्यांक छ ।

अदालतको डायरी फाँटका नायब सुब्बा नबीन कोइरालाका अनुसार अघिल्लाे वर्ष ७४ वटा मुद्दा दर्ता भएको थियो ।

यो तथ्यांक महिलाले अदालतमा दर्ता गराएका मुद्दाहरुको मात्रै हो । प्रहरीमा पुरुषहरुले पनि उत्तिकै सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेका छन् ।

कोइरालाका अनुसार सम्बन्धविच्छेदको मूल कारण वैदेशिक रोजगारी हो । सँगै एक्लोपना र सामाजिक सञ्जालका कारण पनि सम्बन्धविच्छेदको घटना बढेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू