अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

राजमार्ग उद्घाटन गर्न गएका मन्त्री रमेश लेखक र भारतीय राजदूतलाई कालो झण्डा

बिआरटीनेपाल २०७३ माघ ६ गते १९:२७ मा प्रकाशित

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीयले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रञ्जित रेलाई कालो झण्डा देखाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले भारतीय राजदूत रञ्जित रेलाई कालोझण्डा देखाएका हुन्।

हुलाकी सडकको जिरो प्वाइन्ट रहेको धनगढीको क्याम्पस चोकमा बिहीबार हुलाकी सडकको उद्घाटनका लागि कैलाली पुगेका राजदूत रेलाई एमाले र जनमोर्चाका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन्। कार्यक्रम स्थलमा सहभागीहरुले फुलको माला लगाइरहेका बेला जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल छैठौंका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष उमेश कडेलले कालो कपडाको माला लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।  आजको नागरिक दैनिकमा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू