अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

पति-पत्नीको एकै दिन परेको जन्मदिनमा छोरा जन्मनु अर्को आश्चर्यजनक संयोग

बिआरटीनेपाल २०७३ माघ ३ गते ३:३९ मा प्रकाशित

विश्वमा अनेक आश्चर्यका घटनाहरु सुन्न र देख्नमा आईरहेका हुन्छन् । जो कतिपय मान्छेले पहिले नै कल्पना गरेका हुन्छन् भने कति अप्रत्यासित रुपमा सोच्दै नसोचेका घटनाहरु हुने गर्दछन् । यस्तै एउटा नसोचेको संयोग अमेरिकाको मिसिसिपी राज्यको बाल्डविन सहरमा पनि भएको छ ।

बाल्डविन सहरका एक दम्पत्तीको एकै दिन परेको जन्मदीन मनाईरहँदा उनका छोराको जन्म भएको छ । डिसेम्बर १८ तारिखका दिन पर्ने २७ बर्षिय दम्पति ल्युक गार्नर तथा पत्नी हिलारी गार्नरको जन्मदिनका दिन १० बजेर १ मिनेटमा उनिहरुका छोरा केड गार्नरको जन्म भएको हो ।

पति भन्दा ६ घण्टा अगाडी जन्मेकी हिलारी गार्नर र उनका पतीको जन्मदिन यो बर्ष एकै तारिखमा पर्न गएको थियो । बिबाह गर्नु अगाडी एकै दिन जन्म परेका यी दुई सामाजिक सञ्जाल मार्फत साथी बनेका थिए । एकै दिन जन्मदिन परेका कारण नजिक भएका उनिहरुबिच प्रेम बिबाह भएको थियो ।

उनीहरुले योजना बनाएर सोहि मितिमा आफ्नो सन्तान जन्माउन खोजेको कदापी नभएको बताएका छन् । पत्नीले आफ्नो गणना अनुसार दिसेम्बर १५ तारिखमा हुने लेखाजोखा गरेकी थिइन् भने चिकित्सकले डिसेम्बर १९ तारिखमा बच्चा जन्मने समय दिएका थिए । तर बच्चा आफ्नै आमाबाबुको जन्मदिनमा जन्मीए ।

गत दिसेम्बर २४ तारीखमा दम्पति ल्युक गार्नर तथा पत्नी हिलारी गार्नरले आश्चर्य भएर आफ्नो छोरा केड गार्नरको समेत तस्बिर सार्बजनिक गरेका छन् ।

यस्तो खालको बिचित्रको संयोग १ लाख ३३ हजार मा मात्र हुने गरेको सांख्यिकीविद्ले बताएका छन् ।

 

तस्बिर:स्जेनेट म्याक कोनगि 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू