अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

एनआरएन अमेरिकाको साधारणसभामा सहभागी हुन पराराष्ट्रमन्त्री टेक्ससमा

बिआरटीनेपाल २०७३ पुष २९ गते ५:२७ मा प्रकाशित
गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा सहभागी हुन पराराष्ट्र मन्त्री डा. प्रकाशशरण महत टेक्सस ड्यालस आइपुग्नु भएको छ ।
 पाँचौं वार्षिक साधारणसभाका संयोजक राम सी पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पराराष्ट्रमन्त्री महतलाई ड्यालसरफोर्थवोर्थ  विमानस्थलमा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, सम्मेलन संयोजक राम सी पोखरेल, एनआरएन ड्यालस च्याप्टर अध्यक्ष उत्तम लामिछाने, जनसम्पर्क समिति वेष्ट टेक्सस अध्यक्ष हरिवोल भण्डारी, जनसम्पर्क समिति ड्यालस फोर्डवर्थक च्याप्टर सभापति ज्ञानेन्द्र कार्य, जनसम्पर्क समितिका अन्य पदाधिकारी नेपाली समाज टेक्सस अध्यक्ष कृष्ण लामिछाने, अन्य एनआरएन प्रतिनिधि र विभिन्न संघ संस्थाका पदाधिकारीले स्वागत गरेका थिए ।
मन्त्री महतले शनिवार प्रमुख अतिथिका रुपमा साधारण सभाको उद्घाटन मन्तव्य दिनुहुने पनि विज्ञप्तिमा जनाइएको छ । परराष्ट्रमन्त्रीको तीन दिन अमेरिका बस्ने कार्यक्रम छ ।
नेपाल सरकारले पराराष्ट्रमन्त्रालयलाई एनआरएन मामिला हेर्न तोकेको छ । सम्मेलनमा सहभागी हुन नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र सनफ्रान्सिस्को क्षेत्रका पूर्व पर्यटन दूत अनिल पाण्डे लगायतका व्यक्तिहरु पनि ड्यालस पुग्नुभएको छ ।
एनआरएन अमेरिका पाँचौं साधारण सभामा एनआरएनका १७ वटै च्याप्टरका प्रतिनिधि, अमेरिकाका अधिकांश राज्यलगायत युरोप र क्यानडाबाट समेत सहभागी आउने आयोजकले जनाएका छन् ।
एनआरएन अमेरिका अध्यक्ष डा. पौडेलले साधारण सभाको तयारी पूरा भएको जानकारी दिंदै एनआरएनलाई अघि बढाउन सबै नेपाली समुदायको सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।
‘म यहाँ रहनुहुने सम्पूर्ण स्थानीय नेपाली जनसमुदायलाई सम्मेलनमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्छु’ डा. पौडेलले भन्नु भएको छ ।
2 Attachments
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू