अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

मधेशी मोर्चा निर्वाचनमा जान्नौं भन्नु अराजक-प्रदिप ज्ञवाली

बिआरटीनेपाल २०७३ पुष २९ गते ५:०७ मा प्रकाशित

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजक भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले मधेशी मोर्चाले लोकतान्त्रिक मूल्य मान्यताको बिपरित गएर निर्वाचनमा जान्न भन्नु गलत भएको बताउनु भयो ।

आफूलाई मधेशको हिमायती ठान्ने मधेशी मोर्चालाई मधेशको ८० सिट जितेर देखाउन चुनौती दिँदैं उहाँले आठ÷दश सिट जितेर आएकाले संशोधनको कुरा गर्नु अराजक भएको बताउनु भयो ।

उहाँले निर्वाचनमा गएर जनताको ताजा जनादेश ल्याएर आफू अनुकुल संबिधान संशोधन गर्न मोर्चालाई आग्रह गर्नु भयो । निर्वाचनले नै सबैको उद्देश्य पुरा गर्ने भएकाले यसको उपयोगबाट चुके मधेशी मोर्चा ईतिहासमा सिमित हुने उहाँले बताउनु भयो ।

उहाँले संबिधान कार्यान्वयनको पहिलो पाटो संशोधन नभएर निवार्चन भएको बताउनु भएको छ । वर्तमान समयमा निर्वाचन सबैको मिलन बिन्दु भएको र संशोधन बिधेयक प्रतिपक्ष लगायतका दलहरुको बिरोधका माझ पनि होहल्लामा टेबल गर्नु संसदको मर्यादाको बिपरित भएको भन्दै उहाँले मन्त्री पदको लोभमा संशोधन गर्ने रणनीतिले संसदमा द्वन्द्व बढ्ने बताउनु भएको छ ।

उहाँले मधेशी मोर्चाकै कारण संघियताका बारे गलत भ्रम फैलन थालेको भन्दै नेपालमा तराई र पहाड छुट्टाउने जातजातिबीच दुरी बढाउने लगायतको काम भइरहेको भन्दै संघियतालाई बिफल पार्ने काम बिभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाउनु भयो ।

उहाँले सरकारले निर्वाचनको बाटो छाडी जसरी संबिधान संशोधनको बहानामा देशलाई द्वन्द्वमा लान खोजीरहेकाले यस्तो राष्ट्रघाती संशोधनको प्रस्तावको हरेक पक्षबाट प्रतिकार गरि बिफल पार्ने बताउनु भयो ।

इतिहासमै नेपालको राष्ट्रियता सबैभन्दा नाजुक अवस्थामा रहेको भन्दै उहाँले संबिधान निर्माण र संशोधनको प्रक्रियामा नेपालको नितान्त आन्तरिक मामलामा छिमेकी मित्र राष्ट्रहरुलाई अनावश्यक हस्तक्षेप नगर्न सुझाव दिनु भयो । उहाँले पछिल्लो समयमा नेपालको आन्तरिक मामलामा ठाडो र खुल्ला रुप मै वैदेशिक हस्तक्षेप भइरहेको टिप्पणी गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू