अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

वैशाखदेखि गरिबी परिचयपत्र बाँडिने, बाजुरामा सर्वाधिक गरिबी

बिआरटीनेपाल २०७३ पुष २८ गते १९:४६ मा प्रकाशित

सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रवन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ । छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् ।

छानिएका घरधुरी भित्र अनुमानित १८ लाख व्यक्ति पर्छन् । ‘आयमुलक कार्यक्रम, सीपमुलक योजना, निःशुल्क स्वास्थ्योपचार, शिक्षामा पहुँच र खाद्यान्नको प्रवन्धजस्ता सामाजिक सुरक्षाका विषयमा सहमति जुटेपटि गरिबी पहिचान–पत्र वितरण थालिने सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताए । मानव विकास सूचकांक, प्रतिव्यक्ति आयसहितका आधारमा तथ्यांक विभागले निकालेको गरिब जिल्लाको सूचीलाई पछ्याउँदै गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले गरेको पछिल्लो सर्वेक्षणमा बाजुरा जिल्ला गरिबीको सूचीमा सबैभन्दा पछाडि छ ।बाजुरामा ६४ प्रतिशत बासिन्दा गरिबीको रेखामुनी छन् ।

बाजुरापछिको गरिबी सूचकांकमा कालिकोट (५७.९), बझाङ (५६.८), हुम्ला (५६), जुम्ला (४९), अछाम (४७.२), मुगु (४७.१) र डोल्पा (४२.८) रहेका छन् । मधेसको सिरहामा ३४.६ प्रतिशत र रौतहटमा ३३. ४ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू