अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

राम सी पोखरेल, संयोजक-पाँचौ वार्षिक साधारण सभा गैर आवासीय नेपाली सङ्घ, (एनआरएन) अमेरिका- प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७३ पुष २७ गते २२:५५ मा प्रकाशित

प्रेस विज्ञप्ति

गैर आवासीय नेपाली सङ्घ, (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको यही जनवरी १४ टेक्ससको ड्यालसमा हुन लागेको पाँचौ वार्षिक साधारण सभाको तयारी पुरा भएको छ । ‘Enhancing unity & integration- Our action for Vision 2020 & beyond’ भन्ने नाराका साथ हुन लागेको यो सभामा अमेरिकाभरिबाट पाँचसयभन्दा बढी नेपालीहरूको उपस्थिति हुने अनुमान रहेको छ । एनआरएन अमेरिकाका १७ वटा च्याप्टरहरुबाट समेत सम्मेलनमा सहभागिता हुनेछ । सम्मेलनमा नेपालबाट माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायत अन्य देशहरुबाट समेत अतिथिका रूपमा थुप्रै नेपालीहरूको आगमन हुनेछ ।

सम्मेलनका लागि अमेरिकामा रहेका नेपाली समुदाय निकै उत्साहित भएका छन् । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल भन्नुहुन्छ–‘नेपाली समुदायको यो उत्साहलाई हामीले असाध्यै सकारात्मक रूपमा लिएका छौँ । यसले एनआरएन अमेरिकालाई अझै सशक्त रूपमा अघि बढाउन हौसला दिएको छ ।’

सम्मेलनको मुख्य आकर्षणको रूपमा Economic diplomacy & Diaspora Investment का बारेमा पनि व्यापक छलफल हुनेछ । यो सत्रलाई माननीय परराष्ट्रमन्त्री डा. महत, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, एनआरएनका उपाध्यक्ष कुमार पन्त लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

सम्मेलन नेपालीबीच एक आपसमा भेटघाट, आत्मियताको साटासाट गर्ने थलो हुनुका साथै नेपाली समुदायको उपस्थितिलाई अमेरिकामा अझै सबल रूपमा अघि बढाउनका लागि योजना बनाउने थलो समेत हुनेछ । कार्यक्रममा सहभागी हुन आउनुहुने सबैलाई ड्यालसमा न्यायो स्वागतको लागि सबै तयारी पुरा भइसकेको व्यहोरा समेत अनुरोध गर्दछु ।

राम सी पोखरेल
संयोजक
पाँचौ वार्षिक साधारण सभा
गैर आवासीय नेपाली सङ्घ, (एनआरएन) अमेरिका

प्रतिक्रिया