अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

साहित्यकार जिसी र पत्रकार श्रेष्ठलाई सहयोग गर्न (अनेसास)को अपिल

बिआरटीनेपाल २०७३ पुष २७ गते १०:४२ मा प्रकाशित

क्यान्सर रोगको उपचार गर्न नसकेर जीवन र मृत्यु संग लडिरहेका साहित्यका उज्ज्वल जिसी र मिर्गौला फेल भएर यस्तै पीडादायी जीवन बिताईरहेका पत्रकार तेजकुमार श्रेष्ठलाई सहयोग गरेर जीवन बचाईदिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सबैसंग अपिल गरेको छ । उपचारका क्रममा रकम अभाव भएपछि अप्ठेरोमा परेका जिसी र श्रेष्ठलाई सबैले सकेको सहयोग गर्न सके उनिहरुको जीवन बचाउन सकिने भन्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अपिल गरेको हो ।

बुधबार एक वक्तव्य जारी गर्दै अनेसासका महासचिव गोवर्धन पूजाले भनेका छन्- ‘नेपाली साहित्यका चम्किला तारा उज्ज्वल जिसी र साहित्यिक पत्रकारिताका अथक सेवक तेजकुमार श्रेष्ठ यतिखेर अस्वस्थ भइ उपचारका क्रममा रहनु भएको छ । जिसी क्यान्सरसंग लड्दै हुनुहुन्छ भने श्रेष्ठ मिर्गौला प्रत्यारोपणका क्रममा हुनुहुन्छ । यी दुवै रोगको उपचार आर्थिक रुपले महँगो हुने हुनाले उहाँहरु सहयोगको अपेक्षामा हुनुहुन्छ । यसैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न र सहयोग जुटाउन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज , केन्द्रीय कार्यसमितिको तर्फबाट हार्दिक अपिल गर्दै उहाँहरूको स्वास्थलाभको कामना गर्दछु ।’

 

जारी वक्तव्यमा उल्लेख भए अनुसार साहित्यकार जिसी र पत्रकार श्रेष्ठलाई निम्न खाता नं: मार्फत सहयोग गर्न सकिने छ:

-उज्ज्वल जिसीलाई सहयोग गर्न
उज्ज्वलकुमार जिसी-नबिल बैंक खाता नम्बर ९८१००१९६००४६९ पुल्चोक शाखा , ललितपुर

 

-तेजकुमार श्रेष्ठलाई सहयोग गर्न
तेजकुमार श्रेष्ठ-राष्ट्रिय वाणिज्य बैंक पुल्चोक शाखा ,बचत खाता नम्बर २५२१०

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू