अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

सुनार बहादुर गुरुङको ‘हिमालको गोठालो’ बिमोचित

बिआरटीनेपाल २०७३ पुष २७ गते ८:५७ मा प्रकाशित

पहिलो अन्तर्राष्ट्रिय पर्वतीय पथ प्रदर्शक सुनार बहादुर गुरुङद्वारा लिखित ‘हिमालको गोठालो’ बिमोचन गरिएको छ । धार्चे मनास्लु पत्रिकाको आयोजनामा ‘हिमालको गोठालो’लाई पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको हातवाट बिमोचन गरिएको हो ।

गोरखाको लाप्राकका बस्दै आएका सुनार बहादुर गुरुङ पछिल्लो समय शिक्षका क्षेत्रमा योगदान पुर्याईरहेका समाजसेवी हुन् । उनको पहलमा यतिबेला धेरै विद्यालयहरु निर्माण र व्यवस्थापन हुँदै आएका छन् । ‘हिमालको गोठालो’बाट उठेको रकम समेत लेखक गुरुङले गोरखाकै शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् ।

‘हिमालको गोठालो’ बिमोचन समारोहमा बोल्दै डा. भट्टराईले यो कृति मार्फत् नेपालको हिमाली क्षेत्र, पर्यटन क्षेत्र र गुरुङ जनजीवनको सुन्दर चित्रण भएकोमा आफुलाई निकै गर्व लागेका भन्दै नेपाल सबै जातजातिको मुलुक भएकाले अबको राजनीतिक परिवेशले यो विविध समाजलाई सम्मान गर्नुपर्छ बताए ।

त्यस्तै कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यकार युवराज नयाँघरेले सङ्घर्षका अनेक कथाहरुले हिमालको गोठालो भरिएको र गोठालो, भरिया हुँदै अन्तर्राष्ट्रिय स्तरको तालिम लिने सुनारको संघर्षशील कथाले यो कृति सबैका लागि प्रेरणादायी बनेको छ भन्दै प्रशंशा गरे ।

सुनार ट्रष्ट नेपालले प्रकाशनमा ल्याएको’ हिमालको गोठालो’ बिमोचन समारोहमा बालाराम घर्ती मगर, सन्तोष गुरुङ, आङ छिरिङ शेर्पा, मन बहादुर पुन मगर लगायतले कृतीमाथी आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू