अमेरिकाको फ्लोरिडा स्थित यूएस फोर्ट लडरडेल हवाई अड्डामा अन्धधुन्ध गोलीबारी गर्दा कम्तीमा पनि पाँचजनाको मृत्यु भएको छ । उत्तर मायामीबाट २५ किलोमिटर टाढा रहेको फ्लोरिडाको यो विमानस्थलमा गोलीवारी भएपछि मानिसहरुलाई विमानस्थलमा प्रवेश गर्न रोक लगाइएको थियो ।
घाइते आठजनालाई तुरुन्त अस्पताल पुर्याइएको जनाईको यस हमलामा अरु पनि घाईते भएको अनुमान गरिएको छ । गोली हान्ने एक ब्यक्तीलाई एयरपोर्टमा तैनाथ ‘स्वाट टीम’ले नियन्त्रणमा लिएका छन् । पक्राउ परेका ती व्यक्तिलाई एफबीआईले सोधपुछ गरिरहेको छ ।
फ्लोरिडाको यो एयरपोर्टको सुरक्षामा तैनाथ एजेन्सी शेरिफ स्कटका अनुसार एयरपोर्टको स्थिती अहिले सामान्य अवस्थामा आईसकेको छ ।
People stand on the tarmac at the Fort Lauderdale-Hollywood International Airport in Florida on Friday after a shooter opened fire inside a terminal, killing at least five people and wounding eight others before being taken into custody.
Sweta Khadka