अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

अमेरिकामा ग्रीनकार्ड पाउन सकिने ५ वटा तरिकाहरू

यटर्नी एट ल बासु फुलारा २०७३ पुष १८ गते २३:२४ मा प्रकाशित

अमेरिकामा ग्रीन कार्ड बनाउन सक्ने धेरै तरिकाहरू छन् र तल उल्लिखित पाँचवटा तरिकाहरू तपाईँको सामान्य जानकारीका लागि यसप्रकार छन् ।

१.  डी. भी. भिसा लाटरी प्रोग्रामको माध्यमद्वारा तपाईँ अमेरिकाको ग्रीन कार्ड होल्डर बन्न सक्नु हुन्छ र अमेरिकामा थाई बसोबास गर्न सक्नु हुन्छ । ड़ी. भी. भिसा लाटरी भनेको यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट सञ्चालित र संसार भरीका योग्य देशका योग्य व्यक्तिहरूलाई अमेरिकामा आउन दिने लाटरी प्रोग्राम हो । यो वार्षिक चिट्ठाद्वारा प्रत्येक वर्ष ५० हजार व्यक्तिहरूलाई अमेरिकामा स्थायी रूपमा बसोबास गर्न दिने मौका मिल्छ । ड़ी. भी. भिसा लाटरी प्रोग्राम बर्सेनि अमेरिकाको अध्यागमन कानुन (“आइ. यन. ए.” दफा २०३.सी.) अन्तर्गत रहेर यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट सञ्चालित गरिन्छ । अमेरिकाको “आइ. यन. ए.” भन्ने कानुनले संसारभरिबाट अमेरिकामा कम आप्रबासी भएका मुलुकहरुलाइ ड़ी. भी. भिसा लाटरीद्वारा स्थाई भिसा उपलब्ध गराउने अनुमति दिन्छ । जस्तै, नेपाल अहिले सम्म ड़ी. भी. भिसा लाटरी प्रोग्रामका लागि योग्य देशको सुचीमा नै पर्छ । डी. भी. भिसा लाटरी प्रोग्राम वर्षमा एक चोटि प्राय जसो अक्टुबर महिनाको पहिलो हफ्तामा सञ्चालित हुन्छ र ड़ीपार्टमेन्ट अफ स्टेटले फर्म भर्न आव्हान गरेको मितिले एक महिना भित्र ड़ीपार्टमेन्ट कै एकमात्र सम्बन्धित आधिकारिक वेब साइट (डब्लुडब्लुडब्लु. ड़ीवीलाटरी. स्टेट.गव) मा गएर तपाईँले आफ्नो फर्म भर्नु पर्छ । डी. भी. भिसा लाटरी भर्दा कुनै पैसा लाग्दैन । तपाईँलाई भाग्यले साथ दिएको खण्डमा डी. भी. भिसा लाटरी पर्न सक्छ र अमेरिकाको ग्रीन कार्ड होल्डर बन्ने सपना साकार हुन् सक्छ ।

२. तपाईँले अमेरिकामा पोलिटिकल असाइलमका लागि निवेदन दिएर स्वीकृत भएको अवस्था छ भने तपाईँले असाईलीको दर्जा पाउनु हुन्छ । यदि तपाईँले अमेरिकामा असाईलीको दर्जा पाउनुभयो भने निवेदन स्वीकृत भएको १ वर्ष पछाडि तपाईँले अमेरिकाको ग्रीन कार्डका लागि फाइल गर्न पाउनु हुन्छ र अमेरिकाको स्थायी बासिन्दा हुन पाउनु हुन्छ । तपाईँले पोलिटिकल असाइलमका लागि निवेदन दिदा तपाईँले श्रीमती र छोरा-छोरीहरूको नाम पनि राख्नु भएको छ अर्थात् उहाहरु असाईलीको रूपमा तपाईँसँग अमेरिकामा आउनु भएको छ भने उहाहरुले पनि अमेरिकाको ग्रीन कार्डका लागि फाइल गर्न पाउनु हुन्छ । विस्तृत जानकारीका लागि, यदि तपाईँ आफ्नो देशमा बस्दा खेरि [१] जाति (वर्ण); [२] राष्ट्रियता; [३] धर्म; [४] निश्चित सामुदायिक समूहको सदस्यता; अर्थात्,[५] राजनीतिक आस्थाका आधारमा तपाईँलाई कुनै वर्ग अर्थात् समूहद्वारा दुर्व्यवहार गरिएको, गम्भीर शाररिक यातना दिइएको, जिउ ज्यान र स्वतन्त्रतामा आघात पुगेको र तपाईँ आफ्नो देशमा बस्दा खेरि फेरी पनि पीडित हुने, जिउ ज्यान सुरक्षित नहुने र भविष्यमा पनि तपाईँले आफ्नो देशमा बसिरहेको खण्डमा र आफ्नो देशमा फर्केर गएको खण्डमा गम्भीर जोखिम उठाउनु पर्ने अर्थात् तपाईँलाई माथि उल्लिखित ५ वटा आधारहरू मध्ये कम्तीमा पनि एउटा आधारमा आफूलाई भविष्यमा पनि यातना पाउन सक्ने सम्भावना र डर त्रास तपाईँसँग कायमै छ भने तपाईँ अमेरिकामा पोलिटिकल असाइलमका लागि निवेदन दिन योग्य हुनु हुन्छ ।
ADVERTISEMENT (Sweta Khadka)

३. अमेरिकन नागरिकसँग तपाईँको विवाह भएको खण्डमा तपाईँले अमेरिकामा ग्रीन कार्ड पाउन सक्नु हुन्छ । अमेरिकन नागरिकसँग विवाह गरी सके पछि खुसीको कुरा के छ भने संख्यात्मक तरिकाले ग्रीन कार्ड पाउने कुनै सीमित वार्षिक कोटाको बन्देज यसमा हुँदैन र तपाईँले चाडै ग्रीन कार्ड पाउन सक्नु हुन्छ तर थाहा पाउनु पर्ने कुरा केछ भने तपाईँको विवाह साचो हुनु पर्छ, कुनै पनि जालसाज र ठगि गरेर विवाह गरेको हुनुहुन्न, अध्यागमनको कागजको लागि भनेर विवाह गरेको हुनुहुन्न, तपाईँको एक अर्का प्रतिको दाम्पत्य जीवनमा हुनु पर्ने माया र जिम्मेवारी हुनु पर्छ र विवाह गरेपछि दुवै जनाले वैवाहिक जीवनसँगै बिताएको हुनु पर्छ । सङ्क्षिप्तमा भन्नु पर्दा विवाह सम्पूर्ण रूपमा कानुनी हुनु पर्छ।

४. तपाईँ असाधारण प्रतिभा र सामर्थ्यका धनी हुनु हुन्छ र तपाईँले निम्न क्षेत्रहरू, [१] विज्ञान, [२] कला, [३] शिछया, [४] व्यापार, र [५] खेलकुदमा आफ्नो नाम सबै भन्दा माथि राख्नु भएको छ र राष्ट्रिय अर्थात् अन्तर्राष्ट्रिय ख्याती कमाउनु भएको छ भने अमेरिकामा ग्रीन कार्डका लागि निवेदन दिन सक्नु हुन्छ । तपाईँले आफूले राष्ट्रिय अर्थात् अन्तर्राष्ट्रिय स्तरमा कमाएको ख्याती भने तपाईँले प्रमाणित गर्नु पर्छ । खुसीको कुरा के छ भने तपाईँले यसरी ग्रीन कार्डका लागि निवेदन दिदा कुनै रोजगारीको प्रस्ताव अर्थात् स्पोंन्सरको आवश्यकता पर्दैन, तपाईँले आफै निवेदन दिन सक्नु हुन्छ ।

५. अमेरिकामा बर्सेनि धेरै व्यक्तिहरूले रोजगारीको माध्यम द्वारा ग्रीन कार्ड पाउछन किनकि रोजगारीको माध्यमद्वारा ग्रीन कार्ड फाइल गर्दा धेरै तरिकाहरू छन् र यदि तपाईँसँग अमेरिकामा रोजगारीको अवसर मिलेको छ अथवा कुनै अमेरिकन कम्पनी/कार्यालयमा तपाईँले हाल काम गरी रहनु भएको छ भने सो कम्पनीले स्पोन्सर गरेर तपाईँको लागि ग्रीन कार्ड फाइल गर्न सक्छ ।

 

(यो लेखमा व्यक्त विचारहरू पाठकका सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाको फोन नम्बर: Tel: 718-606-6474. Viber: +1-718-440-5754, मा अर्थात् उहाँको इमेल: phularabasu@aol.com मा सम्पर्क राख्न सक्नु हुनेछ –सम्पादक ।)  (पुन :प्रकाशित)

 

Rajesh Hamal

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू