अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

‘नारायण गोपाल युवा संगीत पुरस्कार’ संगीतकार सन्तोष श्रेष्ठ र गायीका निसा देशारलाई

बिआरटीनेपाल २०७३ पुष १४ गते ५:१९ मा प्रकाशित

राष्ट्रिय युवा सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘नारायण गोपाल युवा संगीत पुरस्कार’ यस वर्ष लोकप्रिय युवा संगीतकार सन्तोष श्रेष्ठ र गायिका निशा देशारलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

हरेक वर्ष ४० वर्ष ननाघेका युवा संगीतकर्मी तथा कलाकर्मीलाई नगद ५० हजार, स्वर्ण पदक र सम्मान पत्र सहित सम्मान गर्ने गरिएको छ ।

साथै यसै कोषबाट ‘अरनिको युवा कला पुरस्कार’ चित्रकारद्वय ज्योतिप्रकाश बी.क. र पृथ्वी श्रेष्ठलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया