अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

तमु ल्होछारले छम-छमी नचायो लस एन्जलसबासीलाई (फोटो फिचर)

बिआरटीनेपाल २०७३ पुष ११ गते १९:२४ मा प्रकाशित

लस एन्जलस, डिसेम्बर २६, २०१६ । बांदर वर्ष पारगरी आगमन हुने चरा वर्षको तमु लोशार लस एन्जलसबासी गुरुङ्गहरुले भव्य रूपमा मनाएका छन् । कार्यक्रम स्थल भित्र पस्ने बित्तिकै घलेक तथा अन्य गुरुङ्ग पहिरनमा सज्जिएका मैइमै र रिम्मैहरु देख्दा नेपालको घान्द्रुकको हाट बजारमा पुगेको महसुस हुन्थ्यो । 

नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रममा गुरुङ समुदायका वृद्धहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो । प्रकाश गुरुङ्गले सञ्चालन गरेका कार्यक्रमको सभापतित्व लस एन्जलस तमु समाजका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्गले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेपाल सरकारका अबैतानिक वाणिज्य दुत ऋषि ढकाल रहेका थिए । लस एन्जलसका लागि नबनियुक्त पर्यटन दुत रामेश्वर भण्डारी, बुद्धिष्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामा, ए एन एसका अध्यक्ष चिरन्जिबी गौतमको पनि उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्गले पश्चिमा संस्कृतिबाट प्रभावित हुँदै गइरहेका हाम्रो नयाँ पुस्तालाई आफ्नो संस्कार र संस्कृति सिकाउनका लागि नेपाल देखी यती धेरै टाढाको मुलुक अमेरिकामा पनि हामीले तमु ल्होछार मनाउदै आएका हौँ । नेपालका दुशीत राजनीतिमा क्षेत्रीय, जातीय र धार्मिक बिखण्डनले प्रश्रय पाइरहेको अवस्था छ । यस प्रति असहमति जनाउदै अमेरिकामा बन्न लागेको नेपाली समुदायको धार्मिक आस्थाको केन्द्रको रूपमा बन्ने पवित्र स्थानमा शिव लिङ्ग लगायत अन्य देवी देउतासँगै भगवान् बुद्धको स्तुपा पनि राख्ने कुरामा सहकार्य गर्दै आएका छौ भने । 

अमेरिकाको यो प्रदेशी भूमिमा स्वच्छ मनका धनी गुरुङ्ग समुदायले आफ्नो सुन्दर कला र संस्कारलाई बचाई राख्नु भएकोमा वाणिज्य दुत ढकालले खुसी व्यक्त गरे । अरू समुदायलाई पनि खुसी पार्न सक्ने यो प्रिय संस्कृतिलाई यो विदेशी भूमिमा पनि युगौं युग सम्म पनि बचाएर राख्न ढकालले अनुरोध गर्दै यो चरा वर्षको तमु लोछारको उपलक्षमा समस्त गुरुङ्ग समुदायलाई शुभकामना व्यक्त गरेका थिए ।

नबनियुक्त पर्यटन दुत रामेश्वर भण्डारीले नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कितिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको समूह गुरुङ्ग समाज हो । जसले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्नु सिङ्गो नेपालको लागि गौरभ हो भन्दै यस लोछार पर्वको अवसरमा समस्त तमु समुदायलाई शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका सल्लाहकार द्वय आशा गुरुङ्गले तमु लोछारको महत्वको बारेमा प्रस्ट पारेकी थिइन भने ईश्वर गुरुङ्गले शुभकामना मन्तव्य सुनाएका थिए । कलाका धनी गुरुङ्ग समुदायका उपस्थित केटा केटी देखी बुढा बुढी सम्म कम्मर मर्काई मर्काई नाचेको देख्दा मन थाम्न नसकेर होला प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथीजनहरु पनि सकी नसकी, जानी नजानी कम्मर मर्काउंदै थिए । नेपालकी प्रख्यात दोहोरी गायिका शिला आलेको मिठो स्वरले उमेर र ओहोदाको संकोचलाई सम्याई दिएको थियो । 

सास्कृतिक कार्यक्रमका कलाकारहरू, स्वयम सेवक आदिलाई प्रसन्सा पत्र वितरणको कार्यक्रम पछि डी जे सुरु गरिएको थियो । आर्टेसियाको तारा हिमालयन कुजिनमा गरिएको उक्त कार्यक्रममा सेल रोटी लगायत स्वादिष्ट नेपाली परिकारको राम्रो व्यवस्था गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू