अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

पूर्ब राजाले दिएको अभिब्यक्तिको समर्थनमा यस्तो हुदैछ देशमा, बिरगंजमा मौन र्याली

बिआरटीनेपाल २०७३ पुष ९ गते ३:१९ मा प्रकाशित

पूर्ब राजा ज्ञानेन्द्र शाहले पुस ६ गते दिएको बक्तब्यले पुस महिनाको चिसो समयमा आगोको झैं काम गरेको छ । पूर्ब राजाको बक्तब्यले राजनैतिक बृतमा त पसिना छुटाएको छ नैं, आम नागरिकहरुमा पनि बहस र चासोको बिषय बनेको छ ।

पूर्ब राजाको बक्तब्यलाई लिएर सोसियल साईटमा भएका टिप्पणी र चिया पसलमा हुने गफले भने उक्त बिज्ञप्ति सहि भएको र देशमा राजा नै चाहिने हो कि भन्ने बहस सृजना भएको बिश्लेषकहरुको ठम्याई छ । अर्कातिर राजनीतिक बृतमा केहि नेताहरु भने खुलेरै पूर्ब राजाको बक्तब्यमा बिरोधमा उत्रेका छन् भने केहि मौन । तर केहि समर्थनमा रहेको पनि देखिन्छन् ।

पूर्ब राजाको बक्तब्यलाई समर्थन गर्न सडकमै उत्रने क्रम पनि सुरु भएको छ । पूर्ब राजाले बिज्ञप्ति जारी गरेकै भोली पल्ट अर्थात पुष ७ गते राष्ट्रिय सरोकार मञ्चको नेतृत्वमा राजधानीको मुटु रत्नपार्कमा एक कार्यक्रमको आयोजना गरियो । उपस्थित समुह तथा ब्यक्तिहरुले राजसंस्थाको पक्षमा चर्का नाराबाजीहरु गरे र समर्थनमा बक्तब्य पनि जारी गरे । सराकोर मंचले आयोजना गरेको दोस्रो दिन बिभिन्न राजसंस्था समर्थकहरुले सोहि स्थानमा पुनः समर्थन र बक्तब्यबाजी गरे ।

सरोकार मंचले सुरु गरेको समर्थन र जनजागरण अभियान सर्दै बिरगंज सम्म पुगेको छ । राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणी अंचलले पुर्व राजा ज्ञानेन्द्र शाहले पुस ६ गते जारी गरेको बिज्ञप्तिको समर्थनमा आज बीरगंजमा मौन र्याली निकालेको छ । घण्टाघरबाट निकालीएको मौन र्यालीमा सहभागीहरुले जागौ जनता देश जोगाऔं, हामी मरेपनि नेपाल बाँचिरहोस भन्ने राजाको संकल्प बाटनै नेपाल नेपाल र नेपालीको अजय शक्तिको रक्षा हुनेछ, नेपाली जनताको देश भक्ति देशभक्ति आस्थाका भावना माथि खेलवाड गर्न पाँइदैन जस्ता नारा लेखिएको प्लेकार्ड बोकी नगर परिक्रमा गरेका थिए ।

नगर परिक्रमा पश्चात माईस्थान पार्कमा पुगी कोण सभामा परिणत भएको थियो । सो कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले देशको बर्तमान परिस्थितीबाट राजा र राजसंस्थाले मात्र राष्ट्र र राष्ट्रियता जोगाई देशका सम्पुर्ण नेपालीलाई शान्ति सुरक्षा अमन चयन उहाँबाट मात्र पाउन सकने बताउँदै त्यसका अर्को कुनै बिकल्प नरहेको कुरामा जोड दिएका थिए ।

राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको नेतृत्वमा निकालीएको ¥यालीमा साहित्यकार अरुणबिक्रम शाह, राष्ट्रिय संघर्ष समितीका जिल्ला अध्यक्ष दिनानाथ यादव, राष्ट्रिय शान्ति समुहका अध्यक्ष सतार अंसारी, राष्ट्रवादी रामअयोध्या राउत कुर्मी, पशुपति रौनियार लगायतकाको उपस्थिती रहेको थियो ।

पूर्ब राजालाई पुनःस्थापित गराउने अभियान र पूर्ब राजाको बिज्ञप्तिको समर्थन देशब्यापी हुने सरोकार मंचका संयोजक सोम बिक्रम सिंहको दाबी छ । साथैं यस अभियानको नेतृत्व लिन सरोकार मंच तयार रहेको र देशभर मंचले यो अभियान चलाउने उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू