अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

चितवनकी भण्डारीको जापानमा अन्त्यष्टि

बिआरटीनेपाल २०७३ पुष २ गते ०:२० मा प्रकाशित

पुस २, २०७३- गत आइतबार मृत्यु भएकी चितवनको भरतपुर उपमहानगरपालिका गुन्जनगर घर भई पारिवारिक भिसामा विगत तीन वर्षदेखि टोकियोको इतावासीमा बस्दै आएकी ४२ वर्षीया मथुरादेवी भण्डारीको शुक्रवार अन्त्यष्टि गरिएको छ ।

६ महिनादेखि निरन्तर उपचार गर्दा रकम अपुग भएको र दाहासंस्कारमा लाग्ने खर्चको व्यवस्थापनका कारण पाँचदिन ढिला गरी शुक्रवार अपरान्ह टोकियोको स्थानीय फुनादो शवगृहमा अन्त्यष्टि गरिएको हो । जापानको महँगो उपचार खर्च र घरप्रतिको ममताले फोक्सो क्यान्सरको उपचारका लागि चितवनस्थित घरजान हिँडेकी भण्डारीको गत आइतबार एक्कासि फोक्सोमा समस्या भएर मृत्यु भएको थियो ।

उपचारका लागि घर फर्कने इच्छा देखाएपछि भण्डारी परिवार गत आइतबार १२ बजेको उडानका लागि हानेदा अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । नियमित उडान तोकिएको समयभन्दा ढिलो भई पखर्दा छातीमा प्रसव तथा श्वासप्रश्वासको समस्या भएपछि पुन: इतावासिस्थित कोठामा फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो ।

कुक भिसामा आठ वर्षअघि आएर दुई छोरासहित इतावासी बस्दै आएको भण्डारी परिवारलाई चितवन समाज जापानको सक्रियतामा करिब १० लाख जापानी येन सङ्कलन गरी सहयोग गरिएको समाजका अध्यक्ष सरोज कँडेलले जानकारी दिए । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू