अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

टर्कीमा यसरी थुनिइन् माधव नेपाल पत्नी गायत्री

बिआरटीनेपाल २०७३ मंसिर २९ गते २०:०६ मा प्रकाशित

टर्कीको स्तानुबुल विमानस्थालमा आफु माथि भएको ब्यबहार प्रति माधव नेपाल पत्नि गायत्री नेपाल(आचार्य) अझै तानवमा छिन् । उनी अझै पनि सो घटनाबारे के भएको भन्ने निष्कर्षमा पुग्न नसकेको निकट स्रोतले बतायो ।

स्रोतका अनुसार उनी माथि भएको घटना एउटा संयोग वा षडयन्त्र जे पनि हुन सक्ने भन्दै उनले यसबारेमा सबै यर्थाथ थाहा नपाई कसैसग केही प्रतिक्रिया समेत नदिएकी अन्नपूर्ण पोस्टमा खबर छ ।

अमेरिकाको न्युअर्कोमा मंसिर ११ देखी हुने बल्र्ड पीस फाउन्डेशनको सम्मेलनमा भाग लिन पूर्ब प्रधानमन्त्री माधवकुमार नेपाल, उनकी धर्म पत्नि गायत्री नेपाल सहितको ९ जनाको टोली त्यस तर्फ प्रस्थान गरेको थियो । तर ट्रान्जिट मानिएको इस्तानुवल बिमानस्थामा नेपाल पत्नि गायत्रीको पार्सपोर्टमा त्यहाको सुरक्षा निकायले प्रश्न उठाए पछि उनी एकदिन पछि मात्र अमेरिका पुगिन् ।

टर्कीको व्यस्त स्तानबुल विमानस्थलको बिजनेस कक्षमा बस्दासम्म गायत्री आचार्य (नेपाल) लाई बाहिर आफ्नो खोजी भइरहेको छ भन्ने थाहै थिएन । जब उनी आफ्ना श्रीमान् माधवकुमार नेपालसँगै अमेरिकातर्फ जाने टर्किस एअरको जहाज चढ्न निस्किन, त्यतिबेला त ‘मिसेस आचार्य, मिसेस आचार्य’ भन्दै माइकमा नाम बोलाइरहेको रहेछ । त्यसपछि भने उनी आश्चर्यमा परिन ।

बुझ्दै जाँदा उनलाई अध्यायगमनका कर्मचारीहरुले सोधे ‘तपाईंको राहदानी हराएको वा चोरिएको थियो ? ‘उनले त्यो दुबै नभएको जवाफ दिईन। तर सुरक्षाकर्मीले त्यस कुरामा विश्वास गरेरनन् । उनीहरुले नेपाललाई जानकारी गराए ।

‘यो नम्बरको राहदानीको इन्टरपोलले खोजी गरिरहेको छ’ पूर्ब प्रधानमन्त्री नेपालले पनि सुरक्षा निकायलाई आफु नेपालको पूर्ब प्रधानमन्त्री भएको र उनी आफनो श्रीमती भएको भन्दै बारम्बर अनुरोध गरेका थिए । तर पनि सुरक्षा निकायले त्यो कुरा सुन्न चाहेन ।

नेपाल चढेर गएको टर्किस एआरलाईन्सका कर्मचारीहरुले पनि नेपालका कुरालाई पुस्टि गर्दै छोड्न अनुरोध गरेका थिए । यस्तो अबस्था देखेपछि साथमा रहेका अरु सबै छक्क परे । गायत्री नेपालसँग सामान्य होइन, कुटनीतिक राहदानी थियो र त्यसको अवधि एक वर्ष थियो । कहिल्यै हराएको वा चोरी समेत भएको थिएन । तर टर्किस अधिकारीहरु यो मान्न तयार भएनन् । उनीहरुले आफूहरुलाई प्राप्त निर्देशन मात्र नेपाललाई सुनाइरहे ।

अध्यागमनको सबै प्रक्रिया सकिइसकेको थियो र अरु मानिसहरु अघि नै विमानमा चढिसकेका थिए । नौ जनाको नेपाली टोली मात्रै बिजनेस लाउन्जबाट निस्किएको थिए ।जहाज उड्नै लागेको सूचना आइरहेको थियो । सबैका सामु एअरलाईन्सका कर्मचारीहरुले प्रश्न सोधे- ‘क्लियरेन्स नभएसम्म उहाँ जान सक्नुहुन्न, अरु जाने कि यहीँ बस्ने छिटो निर्णय दिनूस, जहाजले कुर्दैन ।’ गायत्री नेपालको यो पहिलो अमेरिका भ्रमण थिएन, तेस्रो थियो ।

यसअघि दुई पटक अमेरिका जाँदा प्रयोग भएका कुटनीतिक राहदानीको म्याद सकिए पनि उनले साथैमा बोककी थिइन् । जुन सामान्यतः अरुले बोक्दैनन् । ती राहदानी र भिसा देखाउँदा पनि अधिकारीहरुले उनलाई छोडन, मानेनन् ।

त्यतिबेला त्यहाँबाट कतै सम्पर्क गर्ने स्थिति पनि थिएन । बाशिंगटनमा भोलिपल्ट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व शान्ति सम्मेलनमा बोल्ने कार्यक्रम थियो । त्यसैका लागि टोली अमेरिका जान लागिरहेको थियो त्यसैकारण उनलाई छोडेर भारी मन लिएर माधव नेपाल अमेरिका उडे । गायत्री नेपाल त्यहीँ बसिन ।

गायत्रीको एकछिनपछि बल्ल नेपालमा सम्पर्क भयो र प्रहरी प्रधान कार्यालय र परराष्ट्र मन्त्रालयमा खबर हुँदा हल्लीखल्ली मच्चियो । दुबै निकाय तत्कालै जुटे र तीन घन्टामा इन्टरपोलबाट क्लियरेन्स आयो । अमेरिकी दूताबासले कुटनीतिक राहदानीमा लगाएको पाँच वर्षे भिसामाथि पनि शंका गरिएपछि राती नै वाशिंगटन र नेपाल दुबैतिरबाट लिखित र मौखिक रुपमा स्पष्ट पार्ने काम भएको थियो ।
राहदानी विभागका अधिकारीहरुले बताए अनुसार, सन् २०१४ मा हराएको कुनै व्यक्तिका राहदानीको नम्बरसँग गायत्री नेपालको नम्बर मिलेका कारण यस्तो दुर्घटना हुन पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू