अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

नेपाल जर्नीले नेपालमा पुस्तकालय बनाउदै

बिआरटीनेपाल २०७३ मंसिर २७ गते ९:२२ मा प्रकाशित

डालस टेक्ससमा फंड रेजिंग डिनर सम्पन्न

डालस, टेक्सस, १० डिसेम्बर । कार्यक्रममा नेपालको हेटौंडामा लाइब्रेरी स्थापनार्थ सहयोगको लागि गरिएको अनुरोध गरिएको नेपाल जर्नीको फंड रेजिंग कार्यक्रममा १० हजार डलर भन्दा बढीको सहयोग गर्ने प्रतिबदता भएको छ । नेपाल जर्नी, एनआरएन अमेरिका,नेपाल समाज टेक्सास लगायत संस्थाको सहभागिता रहेको कार्यक्रममा जापानबाट आएका प्रमुख अतिथि भवन भट्ट लगायत स्थानीय व्यापारी र सर्वसाधारणले समेत आफ्नो इच्छा र क्षमता अनुसार सहयोग गरेका छन । नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले नेपाल जर्नीले गरेका काम र हेटौंडामा बन्न लागेको सुविधा सम्पन्न लाइब्रेरीको स्थापनाको विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई ह्रदय देखि नै धन्यवाद दिनु भएको थियो । nepal-j-4

गैर आवासीय नेपाली संघ (एन आर एन) अमेरिका अध्यक्ष डा केशव पौडल, उपाध्यक्ष राम सि पोखरेल, सल्लाहकार गौरी जोशी, डालास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारी, एनसीएससी बिओटीका अध्यक्ष डा मुराली अधिकार लगायतले उक्त कार्यक्रममा सहयोग गरेका थिए ।

कार्यक्रममा सृष्टि घिमिरे र शार्दूला जोशीको टोलीको नांच प्रस्तुत गरिएको थियो। गौरव, भीम थापा, भीम चापागाईं र गुंजन उपाध्यायले आफ्नो गीतहरू प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन चर्चित टेलिभिजन प्रस्तोता प्रेम बानियाँ र श्रद्धा श्रेष्ठले गरेका थिए। कार्यक्रमका अतिथिहरुले संस्थाको कार्यको प्रसंसा गर्दै आफुहरुले समेत सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।

nepal-j

nepal-j2

nepal-j-6

nepal-j-5

nepal-j-3

 

nepal-j-2

ne

nepal-j-1

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू