अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

‘म कुनै पार्टीमा आवद्द थिईन, राप्रपा नै मेरो पहिलो पार्टी हो’-नायिका रेखा थापा(राप्रपा प्रवेशको भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २७ गते ३:२३ मा प्रकाशित

चर्चित नायीका रेखा थापाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । सोमबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच रेखा (राप्रपा)मा प्रवेश गरेकी हुन् ।

पार्टी अध्यक्ष कमल थापाले रेखालाई टीका लगाएर पार्टी प्रवेश गराएपछिको आफ्नो धारणा राख्ने क्रममा रेखाले ‘हिजोका दिनमा माओवादीले ठुलै परिवर्तन गर्छु भनेर आश्वासन दिएको थियो, म जनताको नायीका भएकाले जनताले बिश्वास गरेको माओवादीलाई मैले अपनाउँदा जनतामा राम्रो सन्देश जान्छ र देशमा केही परिवर्तन हुन्छ की भनेर जानी नजानी मैले उक्त पार्टीलाई साथ दिएकी मात्र हुँ तर म हिन्दु नारी भएकाले र हिन्दु धर्म संग जोडिएका सबै पक्षमा म संधै प्रतक्ष्य सहभागि हुँदै आएकाले म हिजो पनि राप्रपा नै थिएँ आज पनि छु र भोली पनि रहने छु ।’rekha-thapa-in-rrp

पार्टी प्रवेश कार्यक्रममा रेखाले कमल थापाको बिचार र नेतृत्वबाट आफु संधै नै प्र्रभावित रहेको पनि बताईन् । उनले सबै नेपालीलाई र आफ्ना दर्शककालाई जसरी आफुलाई चलचित्र क्षेत्रमा माया दिएर सहयोग गर्नु भएको छ त्यसरी नै आज चालेको यो कदममा पनि साथ दिन अनुरोध गरेकी छन् ।

रेखा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्याल सहित तत्कालिन एमाओवादी (हाल: माओवादी केन्द्र) मा प्रवेश गरेकी थिइन् ।

rekha-thapa

rekha-t

(राप्रपा प्रवेशको भिडियो)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू