अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

अमेरिकाको नर्थ कारोलिना राज्यमा डिसेम्बर ६ लाई नेपाल दिवसको घोषणा

बिआरटीनेपाल २०७३ मंसिर २४ गते २२:५० मा प्रकाशित

अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील सहरले डिसेम्बर ६ लाई नेपाल दिवसको घोषणा गरेको छ l नर्थ कारोलिनाको मोरीसभील सहरका नगर प्रमुख मार्क स्टोलम्यानले डिसेम्बर ६ लाई नेपाल डे को रूपमा मनाउने घोषणा गरेका छन् l

नेपालीहरूको घना बस्ती रहेको नर्थ कारोलिना राज्यको मोरिसभील सहर अब नेपालीले अमेरिकन सरकारको आधिकारिक रूपमा नेपालीको पहिचानलाई स्थापित गरेको छ । एक विशेष कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको समुस्पस्थिती एवं गैर आवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल , नेपालीज समाज नर्थ क्यारोलिनाका सभापति डा शुष्मा प्रधान , एनसीएनसी संस्थापक सभापति ईश्वर देवकोटा,पूर्व अध्यक्ष डा ठाकुर कार्की उप नगर प्रमुख, स्टीव राओ ,राज्य परिषद् सदस्य सतीस गरिमेल्ला ,समाजसेवी रविन्द्र कार्की, रामकृष्ण वाग्ले, बालकृष्ण शर्मा, रेवती अधिकारी लगायत समुदायका नेतृत्वको विशेष उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा नेपाल र नेपालीको हित अनि एनआरएन का अमेरिकी मूलधारमा सक्रियता र सहभागिता कसरी बढाउन सकिन्छ र नेपाल सरकारले गैर आवासीय नेपालीलाई सदैव नेपालीको लागि नेपाली नै हुन भन्ने वास्तविकतालाई प्रशंसा एवं उच्च मूल्याङ्कन गरेको कुरा पूर्व प्रधानमन्त्री नेपालले बताएका थिए l सो कार्यक्रममा एनसीएनसीका पदाधिकारीले स्वागत गरेका थिए l

अब आज देखि हामी प्रत्येक गैर आवासीय नेपालीले यस सहरमा गर्वकासाथ आफ्नो नेपालीको परिचय स्थापित भएको महसुस गर्नेछौँ । यो महत्त्वपूर्ण कार्यक्रम स्थानीय समाजसेवी रविन्द्र कार्कीको संयोजनमा वहांको निवास स्थलमा सम्पन्न भएको थियो । madhav-2

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू