अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

जापानी राजाको जन्मोत्सवमा पूर्वयुवराज्ञी हिमानी विशिष्ट अतिथि

बिआरटीनेपाल २०७३ मंसिर १७ गते १९:०६ मा प्रकाशित

जापानी दूतावासले जापानी राजा अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा शुक्रबार एक समारोह आयोजना गर्‍यो । ताहाचलस्थित राजदूत निवासमा आयोजित कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह विशिष्ट अतिथिका रुपमा सहभागी थिइन् । उनी सञ्चालक रहेको हिमानी ट्रष्टले भूकम्पपछिको पुनर्निर्माणका लागि सञ्चालन गरेका केही कार्यक्रममा जापानले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

कार्यक्रममा जापानी राजदूत मासासी ओगावाले नेपालमा गत वर्ष संविधान जारी गरेको उल्लेख गर्दै आगामी दिनमा नेपालले शान्ति र राजनीतिक स्थायित्व हासिल गर्ने अपेक्षा रहेको बताएका छन् ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेका थिए । त्यस्तै सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, सरकारी अधिकारी, सभासद् विभिन्न दलका नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू