अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

डिसीमा डा.सुबेदीद्वारा साईबर सुरक्षा सम्बन्धी चेतनामूलकअन्तरक्रिया कार्यक्रम

बिआरटीनेपाल २०७३ मंसिर १२ गते २०:२५ मा प्रकाशित

डिसी नेपालका संस्थापक तथा साइबर (साङ्गणिक) सुरक्षामा अमेरिकाबाट बिद्या वारिधि गरेका डा. रामहरी सुबेदीले नोवेम्बर २७ तारिख साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना गरे l

बिद्या वारिधि डा.सुबेदी ले अन्य विभिन्न स्थानमा यस सम्बन्धी कार्यक्रमको आयोजना गरी सकेका छन् डा.सुबेदी यही क्षेत्रमा बसोबास गर्ने भएकोले सामाजिक सेवा हेतु उनले पहिलो पटक आफ्नै निवास एनाडोल सहरमा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा सूचना प्रविधिका दक्षलाई यस सम्बन्धी आफूले अध्ययन गरेका ,जानेका र व्यवहारिक रूपमा अनुभव गरेका कुराहरूलाई हिस्सा गरे l cyber

उन्ले जानकारी दिने क्रममा कसरि सामाजिक सञ्जालमा अनाधिकृत प्रवेश (ह्याक) हुन्छ र रोक्ने उपाय बताएका थिए l यसै गरी उन्ले बिधुतिय डाक ( इमेल)मा आक्रमण कसरि हुन्छ बारेमा समेत चर्चा गरेका थिए l उक्त अन्तरक्रियात्मक कार्यक्रममा डा.सुबेदी (बिद्या वारिधि)ले ९५ प्रतिशत नचाहिने विभिन्न ठाउँमा प्रवेश गर्दा अनाधिकृत प्रवेश (ह्याक) हुने बताए l उपस्थित सबैलाई यस कुरामा चनाखो हुन् ध्यानाकर्षण गराए l

उनले अगाडी भने प्रत्येक १ सेकन्डमा १० लाख मानिस साइबर अपराध बाट पीडित हुने बताए l साबर प्रविधिको विकास चरम पुगेको छ भन्दै उनले उदाहरण दिँदै अहिले रोबर्टले घरको कामहरू गर्ने बताए l

उपस्थित सहभागीहरुलाई कसरि प्रयोक्ता नाम (युजरनेम)तथा सांकेतिक शब्द(पास वर्ड ) कसरी परिवर्तन गर्ने ,कसरि विषाणु (भाइरस )हटाउने ,मानिसले अत्यधिक प्रयोग गर्ने सञ्चार उपकरण ,वाईफाईको सांकेतिक शब्द पनि बेला बेलामा परिवर्तन गर्नु पर्ने बताए l ८० प्रतिशत विषाणु बिधुतिय डाक आउने समेत बताए l

जानकारी दिने क्रममा कसैले आकस्मिक भनेर केही कुराको आपत्कालीन रूपमा प्रति उत्तर दिन आग्रह गरेता पनि सावधान अपनाउनु पर्ने र खोल्न नहुने बताए l

यसै गरी गुगलको जिमेलमा कसरि सांकेतिक शब्द परिवर्तन गर्ने बारे जानकारी दिए l गलत सूचना र लोभ्याउने प्रकारका सूचना आएता पनि आफू सतर्कता हुनु पर्ने बताए l कार्यक्रम पश्च्यात डा.रामहरी सुबेदी(बिद्या वारिधि)ले सहभागी सबैलाई प्रमाण पत्र वितरण गरेका थिए l सहभागी हुन् आएका सबैले फाईदाजनक भएको प्रतिक्रिया दिएका थिए l cyber1

c

ccc

cy

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू