अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

प्रधानमन्त्री ‘प्रचण्ड’सँग रामदेवको अर्धनग्न रूप

बिआरटीनेपाल २०७३ मंसिर १२ गते २०:१६ मा प्रकाशित

वीरगन्जमा जारी योग विज्ञान शिविरमा आइतबार रामदेवसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : क्रान्ति शाह

वीरगन्जः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व प्रसिद्ध योगगुरु बाबा रामदेव अर्धनग्न रूपमै मञ्चमा देखिएका छन् । वीरगञ्जमा जारी योग विज्ञान शिविर कार्यक्रममा पुगेका प्रधानमन्त्री उपस्थित कार्यक्रममा रामदेव अर्धनग्न रूपमा देखिएका हुन् । योग अभ्यासका क्रममा प्राय अर्धनग्न हुने रामदेव कार्यक्रममा प्रधानमन्त्री पुग्दा समेत त्यही रूपमा देखिएका हुन् । प्रधानमन्त्रीले रामदेवसँग केही समय योग अभ्यास समेत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रामदेवले आर्थिक क्रान्तिका लागि नयाँ मोडेल ल्याएको बताएका छन् । वीरगन्जमा जारी बृहत् योग विज्ञान शिविरलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योग र उद्योगलाई जोडेर बाबा रामदेवले विश्वमा नै अहिले आर्थिक क्रान्तिका लागि नयाँ मोडेल ल्याएको बताएका हुन् ।

‘योग प्लस उद्योग यी दुई दुवैलाई जोडेर आर्थिक क्रान्तिका लागि स्वामी रामदेवजीले मौलिक आविष्कार गर्नु भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने ,‘पुरै विश्वमा नै यो बिल्कुलै नयाँ मोडेल हो, नयाँ पद्धति हो ।’
पतन्जली योग पिठले सन्चालन गरेको आर्युवेद उद्योगबाट हुने मुनाफाको एक रुपैयाँ पनि भारतमा फिर्ता नलगी नेपालकै सामाजिक क्षेत्रको विकासमा खर्च गर्ने बाबा रामदेवको घोषणा विकासको अर्को एउटा नयाँ मोडेल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

वीरगन्जमा जारी रामदेवको योग प्रशिक्षण शिविरले मुलुकमा मात्र नभई पुरै विश्वमा वीरगन्जको बारेमा सन्देश प्रवाह गरेको प्रचण्डको भनाइ छ ।

विश्वप्रसिद्ध योग गुरु बाबा रामदेवलाई २१ औँ शताब्दीको वैज्ञानिक स्वामीजीको संज्ञा दिदैँ प्रधानमन्त्री प्रचण्डले भने ,‘रामदेव स्वामीजीको शिक्षा र उपदेशमा कुनै पनि अन्धविश्वास छैन, विज्ञान र अध्यात्मलाई समायोजन गरिएको छ, त्यसैले म भन्छु रामदेव बाबा २१ औँ शताब्दीको वैज्ञानिक स्वामीजी हुनुहुन्छ ।’

विश्वमै योगको वास्तविक सुरुवात नेपालबाटै भएको थियो भन्ने कुरा रामदेव बाबाले आफूर्ला बताएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घले पनि रामदेवको योग अभ्यासलाइ आत्मसाथ गर्दै अन्र्तराष्ट्रिय योग दिवस मनाउदै आएको बताए ।

स्वस्थ्य, अनुशासित र सभ्य जीवनका साथै रचनात्मक एवम् सिर्जनशील मानसिकताका लागि योग अपरिहार्य भइसकेको प्रधानमन्त्री प्रचण्डले बताए ।
शिविर योग गुरु रामदेवले प्रधानमन्त्री प्रचण्डलाई पतञ्जलीको माला लगाउनुका साथै दोशल्ला ओढाएर सम्मान गरे ।

योग विज्ञान शिविरमा चौथो दिन आइतबार बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भएका थिए । देउवाले बिहान दीप प्रज्वलन गरेर शिविरको चौथो दिनको उद्घाटन पनि गरे ।वीरगञ्जको आदर्शनगर रङ्गशालामा जारी शिविरमा रामदेवले गत बिहीबारदेखी नै योग प्रशिक्षण दिइरहेका छन् ।

पतञ्जली योग समितिले आयोजना गरेको पाँच दिने शिविरमा हरेक दिन हजारौँ सर्वसाधरण पुग्ने गरेका छन् । सोमबार बिहान शिविरको समापन समारोहमा सभामुख ओनसरी घर्ती मगर सहभागी हुने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू