अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

वाना NAGC सामुदायिक केन्द्रको भवन निर्माण कार्य शुभारम्भ

बिआरटीनेपाल २०७३ मंसिर १२ गते २०:१९ मा प्रकाशित
पूर्व घोषित वाना एन जि सि सामुदायिक केन्द्रको भवन निर्माण कार्यको शुभारम्भ भएको समाचार छ। गत मे १२ मा सोलुखुम्बु केन्द्र बिन्दु पारेर गएको बिधँशकारी भुकम्पले आक्रान्त सोलुखुम्बुको तिङ्लामा वाना एन जि सामुदायिक केन्द्र निर्माण गर्ने निर्णय गरिएको थियो। पश्चिम अमेरिका नेपाली महासंघ WANA तथानेपाल विश्व सहयोग संघ NAGC ले संयुक्त प्रयासमा पुन:र्निर्माण स्टार्ट अप कोषमा अरु थप रकमहरु जोड्दै सो पुनित कार्य सुरु गर्न  लागिएको होunnamed
सो परीयोजनाको लागि वाना अधक्ष उत्तम कार्की तथा एन सि अध्यक्ष मणी नेपाली पनेरु गत मार्च २०१६ मास्थलगत भ्रमण गरेर सोलुखुम्बुको तिङ्लामा भवन निर्माण गर्ने निर्णय भएको थियो।   सो प्रयोजनको लागि बिगतमा जस्तै दूबै संस्थाका अध्यक्षहरु सोलुखुम्बु जाने प्राव्धानभए पनि एन जि सि अध्यक्ष आकाशमिक कारणले जानसक्नु भएको थिएन। पश्चिम अमेरिका नेपाली महासंघ वानाका अधक्ष तथा परीयोजनाका सभापति उत्तम कार्कीले सो प्ररियोजनाको लागि जग्गा प्रदान गर्नु भएको जस्को मुल्य करीव २० लाख नेपाली रुपैयाँ भएको अनुमान गरिएको छ।unnamed-2
परीयोजना सभापति कार्किलाई स्थानिय सोलुखुम्बु, तिङ्लाका नरनारीहरुले भव्य स्वागत गरेका थिए। कार्किले आफ्नो नाममा भएको अब्बल दर्जाको जग्गा भवन निर्माणको लागि प्रदान गर्नु भएकोमा स्थानीय बासिन्दाहरु लगायत वानाकी संस्थापक अध्यक्ष उमा कार्की थापा तथा साझेदार संस्था नेपाल विश्व शहयोग संघका एन जि कासंस्थापक अध्यक्ष मणी नेपाली पनेरुले हार्दिक अभार प्रकट गर्नु भएको छ। दाताकार्किले  परीयोजना संचालक वाना एन जि को लागि  तिङ्ला सामुदायिक बिकास केन्द्रले सन्चालन गर्ने व्यवस्था मिलाउँदै  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सो संस्थाको दर्ता गर्नु भएको थियो। संस्था दर्ता प्रकृया पुरा भए पछी सो भवन निर्माणकोलागी चाहिने जग्गा सामुदायिक बिकास केन्द्रको नाममा रेजिस्ट्रेसन गर्नु भएको छ। सो जग्गालाई बुल्डोजर लगाइ सम्याउने काम भईसकेको निर्माण कार्य अब द्रुत गतिमा बढ्ने सो परीयोजना सुपरिवेक्षण टोलिका सदस्य रण बहादुर भण्डारीले बताउनु भएकोछ।unnamed-3
“सम्बृद्दिको लागी एकता भन्ने मूल नाराका साथ सुरु भएको सो संयुक्त अभियानको लागि स्ठानिय समाजसेवीहरुले उत्साहजनक रुपमा चन्दा दिन सुरु गरेका छन । सो पवित्र कार्यको लागि माननीय बल बहादुर के सि एक लाख एक, प्रकाश कार्की एक लाख, बिमल कुमार कार्की साठी हजार, बाबु काजी कार्की पच्चिस हजार, झनक सिंह कार्की पच्चिस हजार तथा ॐ सिंह कर्किले पच्चिस हजार चन्दा  प्रदान गरेका छन। यसै वीच समाजसेवी तथा सियाटलका लागि  अवैतनिक वाणिज्य दूत ए सि शेर्पाले ४ हजार पाँच सय डलर प्रदान गर्ने घोषणा पस्चात सो परीयोजना समूहमा ठुलो उत्साह छाएको छ। सहयोग रकम जुट्ने क्रम जारी छ। प्रत्यक दाताहरुको नाम हल अफ फेममा स्थित मार्वलमा ससम्मान  नामहरु कुँदिने र बिशेष दाताहरुको तस्वीर र प्रतिमा समेत खडा गरिने परीयोजना सुपरीवेक्षक तथा एन ए जि संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले बताउनु भएको छ।unnamed-4
पश्चिम अमेरिका नेपाली महासंघ WANA का अध्यक्ष, NANC निवर्तमान अध्यक्ष नेपाली सामुदायिक केन्द्र NCC का संयोजक उत्तम कार्की उदार दाता र सम्मानित समाजसेविको रुपमा अमेरिकाभर प्रसिद्द हुनुहुन्छ। कार्की अमेरिकी राष्ट्रपती बराक ओबामाको हस्ताक्षर सहित बधाई पत्रको साथ प्रेसिडेन्ट भोलान्टियर सर्भिस अवार्ड स्वर्ण पदक द्वारा बिभुशित गरेको थियो। कार्कीले अमेरिका नेपाल र बिभिन्न देशमा बिभिन्न सम्मान र अवार्ड प्राप्त गरीसक्नु भएको छ।unnamed-1
परीयोजना सुरु गर्ने उद्देश्यले हाल नेपाल भ्रमणमा रहनु अध्यक्ष कार्कीले सो अवसरमा नेपाली काङ्रेसका सभापति शेर बहादुर देउवा, स्वास्थ्य मन्त्री गगन थापा लगायत बिभिन्न मन्त्री तथा साँसदहरु सङ्ग पनि भेटी नेपाली अमेरिकनहरु पिर मर्काहरुको बारेमा आफ्न धारणा राख्दै प्रवासि नेपाली हरुलाई सम्मानपूर्वक हेरिन पर्ने माग राख्नु भएको हाम्रा सम्वाददाताहरुले बताए।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू