अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

सौगात मल्ल अभिनित ‘शब्द’को टीजर र गीत सार्बजनिक

बिआरटीनेपाल २०७३ मंसिर ८ गते ६:३१ मा प्रकाशित

धेरैपछि नायक सौगात मल्ल अभिनित चलचित्र ‘शब्द’ रिलिजको क्रममा रहेको छ । समाजका विभिन्न पक्षलाई समेटेर निर्माण गरिएको चलचित्र ‘शब्द’को टिजर र गीत सार्वजनिक गरिएको छ । पौष २९ गते रिलीज हुने यो चलचित्रको टीजर, ट्रेलर तथा पोस्टर सोमवार राजधानीमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो ।

समाजको विद्यमान परम्परा, चनलचल्ती प्रेम र मित्रताबाट सिर्जना हुने अवस्थालाई समेटेर शब्द निर्माण गरिएको निर्माण पक्षको भनाइ छ ।unnamed-1

कास्की जिल्लाको सिकलेस गाउँमा छायांकन गरिएको यो चलचित्रमा हिमाल तिरकै कथा छ । सन्तोष शिवाकोटी निर्दे्िशत फिल्ममा सौगात सँगै कमली वाईवा, अनुभव रेग्मी र वसिन भट्टराईको प्रमूख अभिनय छ ।

छिरिङ दोर्जे लामाले निर्माण गरेको शब्दमा यम थापाको लेखन रहेको छ ।चलचित्रमा राजनराज शिवाकोटी र सुरेश गैरेको संगीत रहेको छ । चलचित्र आउँदो पुस २९ गते प्रदर्शनमा आउने छ ।

यो चलचित्रका गीतमा राजनराज शिवाकोटी र गैरे सुरेशको संगीत छ । छिरिङ दोर्जे लामा ‘शब्द’का निर्माता हुन् ।

प्रतिक्रिया