अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

छुट्टै मधेशको माग, दाना पानी बन्द गर्न आब्हवान

बिआरटीनेपाल २०७३ मंसिर ७ गते ०:४५ मा प्रकाशित

पछिल्लो समय केहि शान्त रहेको मधेश र मधेशी नेता फेरी उग्र रुपमा प्रश्तुत हुन थालेका छन् । आज संघिय समाजवादी फोरमका तर्फबाट सांसद बनेका अभिशेक प्रताप शाहले आफ्नो फेसबुकमा छुट्टै मधेशको माग, दानापानी बन्द गरौं भन्ने आवहवान सहितको स्टयाटस पोष्ट गरेका छन् ।

करिब १ बर्ष पहिला भारतले गरेको अघोषित नाकाबन्दिबाट मार खेपेका नेपाली जन्ता सांसद शाहको उक्त स्ट्याटसले थप शसंकित भएका छन् । स्टयाटसमा दोहोरो क्रिया प्रतिक्रियाको ओईरो लागेको छ । सांसद शाहको पक्षमा मधेश मुलकै केहि ब्यक्रिहरुले समर्थन गरिरहेका छन् भने अन्यले बिरोध ।

सांसद शाहको स्ट्याटसमा प्रतिक्रिया दिदैं राष्टिय सरोकार मंचका अध्यक्ष सोम त्रिक्रम सिंहले कोशिष त गर अन्तमा को रहन्छ भनेर लेख्दा सांसद शाहले बिजय भारतको हुनेछ भन्ने सम्म प्रतिक्रिया दिएका छन ।

त्यसैगरी प्रतिक्रियामा प्रेरिका पोखरेलले सांसद शाहको राजीनामा माग गर्दै कुण्ठा नपाल्न आग्रह गरेकि छिन । साथै उनले सांसद शाहलाई पागलको संज्ञा दिएकी छिन् ।

प्रतिक्रिया