अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

प्रहरी पोस्ट बन्यो प्रेमजोडी बस्ने घर

बिआरटीनेपाल २०७३ कार्तिक ३० गते १९:३४ मा प्रकाशित

स्थानीय प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान– रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी नवस्दा प्रेमजोडी भलाकुसारी गर्ने स्थान बनेको  छ ।

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम र रुकुमबाट दाङ हुँदै काठमाडौं चल्ने रात्रि बस लुटिन थालेपछि सुरक्षाका लागि स्थानीयले प्रहरीका लागि घर निर्माण गरेका थिए ।

झन्डै ३ लाख लागतमा स्थानीयले ३ जेठ २०७१ मा तीन कोठमाको प्रहरी बस्ने भवन निर्माण गरेपनि प्रहरी नबसेको स्थानीय कलीमान रोकाले जानकारी दिए आजको राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया