अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

भारत भ्रमणबाट फर्केका देउवाले यसरी झुट बोले

बिआरटीनेपाल २०७३ कार्तिक २५ गते १८:३९ मा प्रकाशित

नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्वती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा नबित्दै तिब्वती नेतासँगै बसेको उनको फोटो सार्वजनिक भएको छ । इन्डिया फाउन्डेसनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहाभागि हुने क्रममा तिब्वती निर्वासन सरकाप्रमुख (प्रधानमन्त्री) लेप्साङ साङेसँग बसेको नेता देउवाको फोटो बाहिर आएको हो ।

देउवाले भारतमा साङेसँग भेटवार्ता गरेको भन्दै चिनले नेपालसँग असन्तुष्टि जनाएपछि परराष्ट्रमन्त्री प्रकाश शरण महतले मंगलबार पत्रकार सम्मेलन गरि देउवले त्यस्तो भेटवार्ता नगरेको भन्दै बचाउ गरेका थिए । भारत भ्रमणबाट बुधबार स्वादेश फकर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षामा देउवाले कुनै पनि तिव्बती नेतासँग भेट नभएको दाबी गरेका थिए ।

फाउन्डेसनको कार्यक्रमस्थलको दर्शकदिर्घामा देउवा र साङे सँगै बसेको फोटो साउथ एसिया चेकले सार्वजनिक गरेको हो । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू