अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

अमेरिकामा मह जोडी को साथमा एनईसिसिको देउसी–भैलो कार्यक्रममा ४५ लाख सङ्कलन

बिआरटीनेपाल २०७३ कार्तिक २३ गते १३:०० मा प्रकाशित

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को देउसी भैलो कार्यक्रम- २०१६ गत नोवेम्बर ६ तारिख मह जोडी को साथमा बाल्टिमोर सहरमा ऐतिहासिक सफलताको साथ सम्पन्न भएको छ l
डिसी महानगर क्षेत्रका विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायसँग अग्रिम सूचना दिएर एक दर्जन स्थानमा देउसी खेल्न निस्केको टोलीले नेपाली राजदूतावास बाट देउसी भैलोको प्रारम्भ गरी महा बाणिज्यदुत प्रेम राजा महतको बाल्टिमोर स्थित नेपाल हाउस नामक चमेना गृहमा २०१६ को देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ l dc5

उक्त टोलीले अक्टोबर २८ देखि शुभारम्भ गरी नोवेम्बर ६ तारिख करिब एक हप्ता सम्म देउसी भैलो खेली २०१६ को देउसी भैलो विधिवत रूपमा समापन गरेको घोषणा मह जोडीको उपस्थितिमा जनाएको छ l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रका सभापति खिलेन्द्र न्यौपानेले सन् २०१४ देखि देउसी भैलो खेल्न सुरु भएको जनाउदै यो वर्ष समेत २०१४ देखि २०१६ समेत ३ वर्ष भएको बताए l आफू भाग्यशाली रहेछु भन्दै त्यो भन्दा अगाडी देउसी खेलीदैन थियो भन्दै सन् २०१४ मा करिब १० हजार डलर ,२०१५ मा करिब २८ हजार डलर सङ्कलन गरेको यस वर्ष २०१६ मा करिब ४५ हजार डलर (करिब ४५ लाख नेरु )सङ्कलन गरेकोमा हर्ष व्यक्त गरेका छन् l

उनले थप जानकारी दिँदै देउसी भैलो खेल्नुको मुख्य उद्धेश्य नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध मन्दिर समेत रहेकोले यसलाई समुदाय मुखी बनाउने र पुर्‍याउनु रहेको हो भने अमेरिकामा जन्मिएका दोस्रो पुस्तालाई संस्कृति तथा परम्परालाई उनीहरूलाई व्यवहारिक रूपमा अवगत गराउदै यसलाई जगेर्ना तथा संरक्षण गर्ने मुख्य उद्धेश्यले घर दैलो अभियान चालिएको बताए l  dc2

एनईसीसी देउसी भैलो कार्यक्रम टोली २०१६ का संयोजक परशु तिमिल्सिनाले यस वर्ष टोलीले निकै मेहनत र योजना गरेकोले विगत वर्ष भन्दा निकै राम्रो अर्थ सङ्कलन हुन् सकेको बताए l तिमिल्सिनाले अगाडी भने मह जोडी सँग बाल्टिमोरमा महा वाणिज्य दुतको आँगनमा देउसी भैलो खेल्दा मात्र एकै ठाउँमा करिब ७ हजार डलर उठेको बताए l उक्त अर्थ सकलन बाट मन्दिरको विकास निर्माणमा खर्च गरिने तिमिल्सिनाले बताए l

महा वाणिज्य दुत प्रेम राजा महतले मह जोडी तथा एनईसिसि देउसी–भैलो टोलीलाई स्वागत गरेका थिए भने राजदूत अर्जुन कुमार कार्की (विधा वारिधि )ले कार्यक्रममा साथ दिने मह जोडीलाई नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को तर्फ बाट मायाको चिनो प्रदान गरेका थिए l अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फ बाट मह जोडीलाई राजदूत कार्कीले धन्यवाद दिएका थिए l

उक्त कार्यक्रममा बोल्दै राजदूत कार्कीले तन यता भए पनि मन नेपाल जाओस भन्ने एनईसीसीको नारालाई उद्धृत गर्दै विदेशमा रहेर पनि आफ्नो संस्कृतिलाई सम्बर्धन गर्ने काममा एनईसीसी को प्रशंसा गरेका थिए l

बाल्टिमोरमा देउसी भैलोको साथै मनासस नेपाली पाठशालाका बिधार्थीका नृत्य प्रस्तुति अद्वितीय रहनुको साथै संयोजक परशु तिमिल्शिनाले भट्याउदा टोलीले साथ दिएका थिए भने महिलाहरूले पनि भैलो गीत सामूहिक रूपमा प्रस्तुत गरेका थिए l

मह जोडीले उक्त देउसी भैलो टोली सँग देउसी खेल्नु को साथै आशिर्बचन दिँदै विदेशमा रहेता पनि नेपाली संस्कृति ,परम्परा तथा संस्कार लाई निरन्तरता दिन सकेकोमा दुवैले हर्ष व्यक्त गरेका थिए l र नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको प्रशंसा गरेका थिए l dc3

मह जोडीले सन् १९९० देखि नै नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई सहयोग पुर्याउदै आएको तिमिल्सिनाले बताउँदै मन्दिरमा रहेको बुद्धको मन्दिरमा पनि मह जोडीको केही समर्पण रहेको जानकारी दिए l

यस वर्ष को देउसी भैलो खेल्ने क्रममा ३ जनाले १ हजार ५ सय डलर जनही प्रदान गर्नुको साथै करिब आधा दर्जन व्यक्तिहरूले १ हजार डलर जनही एनईसीसी देउसी टोलीलाई दिएका छन् l करिब ७५ जनाले हरेक दिनको १ डलरको दरले वर्ष भरीको लागि ३ सय ६५ डलर दिएको जानकारी सभापति न्यौपाने दिएका छन् l

देउसी टोली २०१६ का सम्पूर्ण टोली समूह सदस्यलाई मह जोडीले प्रशंसा पत्र वितरण गरे  ।

dc

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू