अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

हिलारी क्लिन्टनको ईमेलमा अमिताभ वच्चव -भारतमा तहल्का 

बिआरटीनेपाल २०७३ कार्तिक २० गते २३:२४ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टी बाट उम्मेदवार हिलारी क्लिन्टनको एक व्यक्तिगत चासो राखेको ईमेल लिक भए पस्चात भारतमा तहल्का मच्चिएको छ । हिलारीको लिक भएकोईमेलहरु मध्ये एक ईमेलमा बलिउडका ख्यातिप्राप्त अभिनेता अमिताभ बच्चन प्रति उनले रुचि लिएको देखिन्छ ।

द वाशिङ्टन पोष्टका पोलटिकल रिपोर्टर होजे ए डेलरियलले हिलारी क्लिन्टनको लिक भएका ईमेल मध्ये एक लिक भएको ईमेलको फोटो ट्युइटरमा शेयर गरेका छन । सामाजिक सन्जालमा शेयर गरिएको यस ईमेलको फोटोमा हिलारी क्लिन्टनले आफ्नो कार्यालय सहयोगी हुमा आबेदिन सँग अमिताभ बच्चनको बारेमा जानकारी लिन खोजेको देखिन्छ । स्मरण रहोस , होजे वाशिङ्टन पोष्ट का तर्फ बाट रिपब्लिकन का प्रत्यासी डोनाल्ड ट्रम्पका लागी राजनितिक रिपोर्टर हुन ।unnamed

२० जुलाई, २०११ को मितीको यस ईमेल मा हिलारी ले आफ्नो कार्यालय सहयोगी हुमा आबेदिनलाईकेहि बर्ष अघी हामिले भेटेको भारतका प्रख्यात बुढा अभिनेताको नाम के होभनी सोधेकी छीन ।हुमा आबेदिनले त्यस ईमेलको जवाफमा ती अभिनेताको नामअमिताभ बच्चनभनी जवाफ फर्काएको पाइन्छ ।

लिक भएको त्यस ईमेलमा हिलारीले कुन प्रसङमा भारतका महानायकका बारेमा जानकारी लिन खोजेको हो भन्ने प्रस्ट नभएता पनी हिलारीको भनिएको त्यस ईमेल ऐले भारत भरी चर्चाको बिषयबनेको छ!

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू