अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

अमेरिकामा १ करोड ८० लाख मतदाताले अग्रिम मतदान गरे

बिआरटीनेपाल २०७३ कार्तिक १६ गते १२:१८ मा प्रकाशित

अमेरिकामा अग्रिम रूपमा मतदान गर्न पाइने हुनाले नोवेम्बर ८ मा हुने निर्वाचनको लागि अहिले सम्म झन्डै १ करोड ८० ले मतदान गरी सकेका छन् l अमेरिकाको सङ्घीय अनुसन्धान विभागका निर्देशक जेम्स कोमेले हिलारी क्लिन्टनको नयाँ बिधुतिय डाक(इमेल) बारेमा केही पाइएको भनी घोषणा गर्नु अगावै यति मतदाताले मतदान विभिन्न राज्यमा गरी सकेका छन् l

इतिहास कै सबै भन्दा बिबादास्पद रहेको यस निर्वाचनमा अगाडी अब कसले बाजी मार्ने भन्ने अड्कल पाउन गार्हो भएको छ l सङ्घीय अनुसन्धान विभाग(एफबिआई )ले यस विषयमा गत जुलाई देखि नै समाप्त पारेको जानकरी गराएता पनि चुनाव हुन् केवल १० दिन अगाडी मात्र हिलारी बारेमा समाचार ल्याए पछि नकारात्मक असर देखिन थालेको छ l

अझ पनि राष्ट्रिय स्तरको सर्वेक्षणमा अगाडी हिलारी देखिएता पनि यो परिस्थतीले उनलाई जटिल मोडमा ल्याएको छ l मानिसमा एक प्रकारको दुबिधा बढेको छ l यही मुद्धालाई डोनाल्ड ट्रंपले भजाई खुरुन्दार खैरो खनी रहेका छन् l हिलारी क्लिन्टन पनि यसको डटेर मुकवाला गरी रहेको छिन् l

डोनाल्ड ट्रंप महिला यौन उत्पीडन ,कर तथा ट्रंप विश्व विद्यालय तथा अन्य विषयको विवादमा मुसिएका छन् भने हिलारी बिधुतिय डाक (इमेल )तथा क्लिन्टन प्रतिष्ठान को विषयमा नराम्रो सँग अल्झियेकी छिन् l

अग्रिम रूपमा मत खसाले अनुसार ओहायो र आइवा राज्यहरूमा रिपब्लिकन दल अगाडी देखिएको छ भने फ्लोरिडा ,अरिजोना र कोलोराडोमा डेमोक्रेटिक दल अगाडी देखाएको सीएनएनले लेखेको छ l दर्ता गरेका डेमोक्रेटिक दलका मतदाताले नर्थ केरोलिना तथा नेभादामा ज्यादा मत खसालेको देखाएको छ l

सङ्घीय अनुसन्धान विभागको काण्ड पछि दुवै दलको खाडल नजीकिदै गई रहेको छ भने ३८ वटा राज्यहरुका तथांक प्राप्त गर्न सकिने छ l सीएनएको एक विशेष अनुसन्धान टोलीले विविध विशेष तरिकाले यो तथांक निकालेको भएता पनि चुनावको परिणाम हैन भनी लेखेको छ l

रिपब्लिकनका दर्ता गरिएका मतदाताले यस हप्ता एरिजोनामा अगाडी छन् र डेमोक्रेटिक दललाई आश्चर्य जनक सीमित दायरामा राख्न सफल भएका छन् l अहिले ३४ हजार मतले अगाडी छन् भने २०१२ मा रिपब्लिकन ६२ हजारले अगाडी थिए l एरोजोनामा ९ लाख ५ हजारले मतदान गरी सकेका छन् l

कोलोराडोमा चुनाव हुलाक द्वारा मतदान पत्र पठाइन्छ l निर्वाचन हुनु भन्दा अगाडी पठाई सक्नु पर्ने हुन्छ l त्यहाँ डेमोक्रेटिक अगाडी रहेको देखाएको छ भने २०१२ मा रिपब्लिकन ले १९ हजारले अगाडी रहेका थिए l जर्जियामा झन्डै १० लाखले मतदान गरी सकेका छन् l

जर्जियामा मतदाताले आफू कुन दलको भनी दर्ता गर्दैनन् त्यसैले कुन दलले मतदान गर्‍यो भन्ने असम्भव हुन्छ भनी सीएनएनले जनाएको छ l फ्लोरिडामा १३ हजार ५ सय ४५ मतले रिपब्लिकन अगाडी छन् भने एक हप्ता अगाडी निकै कम दायरा फरक थियो l २०१२ मा दर्तावाल मतदाता ४४ हजार ले अगाडी थिए l फ्लोरिडामा ३० लाखले अग्रिम मतदान गरी सकेका छन् l

यसै गरी आइवामा रिपब्लिकन दलको लागि राम्रो भएको छ भने विगत वर्ष भन्दा राम्रो गर्न नसकेको देखाएको छ l डेमोक्रेटिक दलले युद्ध जित्ने छन् तर अहिले ३९ हजार मतदानमा रिपब्लिकन अगाडी देखाएको छ l डेमोक्रेटिक दलको अगाडी बढ्ने कदम घट्दो भएकोले एक हप्ता अगाडी मात्र १६ प्रतिशतले अगाडी भएता पनि अहिले १० प्रतिशतमा वृद्धिमा छन् l

नेभादामा डेमोक्रेटिक दल मतदानमा अगाडी देखाएको छ त्यहाँ २६ हजार मतले डेमोक्रेटिक अगाडी रहेको अवस्था छ l यो हप्ता अगाडी उनीहरू ९. ३ प्रतिशतले अगाडी थिए भने अहिले ८.८ प्रतिशतमा छन् l

यसै गरी नर्थ केरोलिनामा डेमोक्रेटिक दल अगाडी छ १ लाख ६ हजार ले अगाडी छन् l रिपब्लिकन भन्दा १५ प्रतिशत ले अगाडी रहेको जनाएको छ l सन् २०१२ मा डेमोक्रेटिक दलको राम्रो पकड भएको स्थानमा अफ्रिकन अमेरिकनको अग्रिम मतदानमा सह्भागीतामा २३ प्रतिशत छ भने २०१२ मा २९ प्रतिशत रहेको थियो l

ओहायोमा रिपब्लिकन अगाडी देखाएको छ भने ट्रंपले यो राज्य जित्ने पर्छ l रिपब्लिकनहरु ले ३९ हजार मतले अगाडी छन् l सन् २०१२ मा करिब एक तिहाई नागरिकले मतदान अग्रिम गरेका थिए तर आजको मिति सम्म त्यो कम भएको देखाएको छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू