अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

फेसबुकमा स्टाटस लेख्दा, ११ निकायलाई स्पष्टीकरण

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते १८:१३ मा प्रकाशित

काठमाडौं — कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ । 

शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखेरेललाई किन कारबाही नगर्ने भनी ३ दिने स्पष्टीकरण सोधेका हुन् ।

पोखरेलले शिक्षाका उपसचिवहलाई नगरपालिकामा खटाइएको र मन्त्रालयले फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको विषयमा स्टाटसमार्फत असन्तुष्टि पोखेका थिए ।

शिक्षा मन्त्रालयले कात्तिक १३ गते आफ्नो मातहातका कर्मचारी, शिक्षक र प्राध्यापकलाई फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो ।

जसमा मन्त्रालयका गतिविधिको समर्थन गर्न पाइने तर खण्डन गर्न नपाइने तर खण्डन गर्न नपाईने उल्लेख छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

प्रतिक्रिया