अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७
| Colorodo: 02:32
सरकारले विश्व बैंक समूहबाट १० करोड डलर ऋण लिने निर्णय गरेको छ ।विश्व बैंक समूहबाट यो ऋण लिनका लागि नेपाल सरकारले वार्ता टोली गठन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति समेत दिई सकेको जनाइएको छ ।
कोरोना महामारीका कारण सरकारी दायित्व बढ्ने भएकाले यस्तो ऋण लिन लागिएको मन्त्रालयले जनाएको हो ।राजस्व संकलन ठप्प भएपछि सरकारले वैदेशिक ऋण तथा सहायता लिने रणनीति बनाएको हो ।
यसअघि सरकारले बजेटरी रुपमा खर्च गर्न पाउने गरी सहुलियत ऋणका लागि एसियाली विकास बैंक एडीबीसँग पनि प्रस्ताव गरेको छ ।