अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५०
| Colorodo: 03:05
मुलुकमा आइतबारदेखि अत्यावश्क बाहेक सबै सेवा बन्द छ । सबै सेवा बन्द भए पनि सुनको मूल्य भने बढिरहेको छ । सुनको मूल्य आइतबार अघिल्लो दिनको तुलनामा तोलामा एक हजार रुपैयाँले बढेको हो ।
बजारमा छापावाला सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्यमा बीस रुपैयाँले बढ्दै प्रतितोला ७ सय बीस रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कोरोना भाइरसले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी शुरू भइ शेयर मार्केटमा उतार चढाव आउँदा सुनको मूल्यमा पनि घट बढ हुने क्रम चलिरहेको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत हुनु र भारतीय मुद्रा पनि कमजोर बन्दा आन्तरिक बजारमा सुनको भाउ अस्थिर बनेको विश्लेषण गरिएको छ ।