अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 09:51

पहिलो पटक इजरायली रक्षा मन्त्रालयमा आक्रमण गरेको हिजबुल्लाहकाे दाबी

बिआरटीनेपाल २०८१ कार्तिक २९ गते ४:२२ मा प्रकाशित

लेबनानको विद्रोही समूह हिजबुल्लाहले पहिलो पटक इजरायली रक्षा मन्त्रालयको मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ । इजरायलसँगको द्वन्द्वपछि पहिलो पटक रक्षा मन्त्रालयको मुख्यालमा आक्रमण गर्न सफल भएको हिजबुल्लाहको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।राजधानी तेल अभिभमा रहेको मुख्यालयमा आत्मघाती ड्रोन हमला भएको खबरमा उल्लेख छ । यो आक्रमण गाजामा प्यालेस्टाइनका नागरिकलाई सहयोग गर्न तथा लेबनान र त्यहाँका नागरिकको रक्षा गर्नका लागि गरिएको हिजबुल्लाहको दाबी छ । इजरायली सेनाले यो आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

गएको सेप्टेम्बरदेखि इजरायली सेनाले हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा लेबनानमा हवाई आक्रमणलाई तीव्र बनाएको छ । इजरायलले अक्टोबरको शुरूदेखि लेबनानमा सैनिक नै पठाएर आक्रमण गरिरहेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षको अवधिमा इजरायली आक्रमणबाट ३२ सय जनाभन्दा धेरै लेबनानी नागरिक मारिएका छन् । यस्तै १४ हजार जनाभन्दा धेरै घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू