अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक : राष्ट्रपति पौडेल

बिआरटीनेपाल २०८१ साउन २८ गते ४:५३ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरि नयाँ युवा नीति आवश्यकता भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।राष्ट्रपति पौडेलले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरि नयाँ नीतिको आवश्यकता भएको बताउनुभयो । उहाँले परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले गुणस्तरीय, समय सापेक्ष, रोजगारमुलक शिक्षाको सिमितता, व्यवसायिक सीप र प्रविधिमा न्युन पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशिल वातावरणको सिमितता रहेको बताउनुभयो ।राष्ट्रपति पौडेलले यी चुनौतिलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तित स्वतन्त्रता, विश्वव्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य, मान्यता, विश्वशान्ति, सहअस्तित्वको भावना जागृत गराउनुपर्ने बताउनुभयो । उहाँले वातावरणीय सम्पदाको संरक्षण र संवद्र्धन तथा विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका आवश्यकताको परिपूर्ति, समानता एवं समतामुलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘अहिले परिस्थिति धेरै बदलिएको छ । संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भइसकेको छ । परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्न आवश्यक छ ।’ राष्ट्रपति पौडेलले युवालाई समाज रुपान्तरणको माध्यम बनाउन आग्रह गर्नुभयो । उहाँले नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्नसके समृद्धिका लागि कतै भौँतारिनु नपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू