अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 00:54

तीन वर्षमा ४ हजार श्रमिकले विदेशमा ज्यान गुमाए, १२ सय जना अंगभंग

बिआरटीनेपाल २०८१ असार १० गते ६:४२ मा प्रकाशित

तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ३ हजार ९९८ जनाले ज्यान गुमाएका छन् । प्रतिनिधिसभामा आइतबार बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले तीन वर्षको अवधिमा १ हजार २०७ जना अंगभंग भएको पनि जानकारी दिनुभयो ।

“वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८र०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये ३ हजार ९९८ को निधन तथा १ हजार २०७ जना अंगभंग भएका छन्,” अर्यालले भन्नुभयो । मन्त्री अर्यालका अनुसार सरकारले मृतकका आफन्त र अंगभंग भएकाहरूका लागि २ अर्ब ९ करोड ४६ लाख २२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू