अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

डेनमार्क स्टक एक्सचेन्जमा आगलागी, सत्रौं शताब्दीको भवन ध्वस्त

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ७:४५ मा प्रकाशित

डेनमार्कको ऐतिहासिक रुपमा रहेको  पुरानो भवनमा मंगलबार आगलागी हुँदा क्षतिग्रस्त भएको छ ।  राजधानी कोपनहेगनस्थित सो भवनमा स्टक एक्सचेन्ज  लगायतको  कार्यालय रहेको थियो । सत्रौं शताब्दीको ‘बोर्सेन’ नामको सो भवन आगोको लपेटामा परेको हो  ।

भवनभित्रका सबै मानिस आगलागीको समयमा बाहिर निस्कन सफल भएका छन् ।  यसमा रहेका केही ऐतिहासिक पेन्टीङ जोगाउन मानिसहरु कुदाकुदमा देखिएका छन् ।  संस्कृति मन्त्री जाकोब एन्गेल स्चमिडका अनुसार ४सय वर्ष पुरानो डेनीस सांस्कृतिक सम्पदा आगोको ज्वालामा परेको छ । सो भवन १६२५ ताकाको हो ।  आगलागीको कारण पत्ता लाग्न नसकेको बताइएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू