अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानकाे कराँचीमा १९ जनाकाे ज्यान गयाे

बिआरटीनेपाल २०८० चैत ३० गते ६:२८ मा प्रकाशित

रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा लुटपाटको प्रतिरोध गर्दा १९ जनाको ज्यान जानुका साथै ५५ जना घाइते भएका छन् । लुटपाटको प्रयासमा कराँचीमा १९ जना नागरिकको ज्यान जानुमा सशस्त्र लुटेराहरू जिम्मेवार रहेको एक प्रहरी अधिकारीले बताएका पाकिस्तानको एआरवाई न्युजले जनाएको छ ।यस वर्षको अहिलेसम्ममा कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको ज्यान जानुका साथै दुई सय जनाभन्दा बढी घाइते भएका खबरमा उल्लेख छ । नागरिक–प्रहरी सम्पर्क समिति (सीपीएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र छ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको छ ।

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताउनुभएको एआरवाई न्युजले जनाएको छ । उहाँले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा झन्डै चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक मनसाय भएका व्यक्ति भेला हुने गरेका जानकारी दिनुभयो । कराँची शहरमा दैनिक एक सय ६६ अपराधका घटना हुने गरेको र यो सङ्ख्या पाकिस्तानका अन्य प्रमुख शहरहरूको तुलनामा कम रहेको प्रहरीले बताएकाे समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू