अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल रद्द

बिआरटीनेपाल २०८० चैत १५ गते ६:२० मा प्रकाशित

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको आजको खेल रद्द भएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजेका लागि तय भएको टी-२० क्रिकेट वर्षाका कारण रद्द भएको हो। नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द भएको जानकारी दिएको छ। क्यानले संसोधित तालिका चाँडै प्रकाशन गरिने जानकारी पनि दिएको छ। आयरल्याण्ड वुल्भ्ससँग नेपालको ‘ए’ टिमले टी-२० सिरिज र एकदिवसीय सिरिज खेल्ने तय भएको थियो।

आयरल्याण्ड वुल्भ्सविरूद्ध टी-२०  र एकदिवसीय खेल खेल्ने दुवै टिमको कप्तानी  विनोद भण्डारीले गर्नेछन्। टी-२० खेल्ने नेपाली ‘ए’ टिममा टी-२० खेल्ने टिम ‘ए’ मा भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन्। त्यस्तै एकदिवसीय टोलीमा भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।

प्रतिक्रिया