अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

हिजो सामान्य बढेको शेयर बजार आज फेरि घट्याे

बिआरटीनेपाल २०८० चैत ६ गते ७:३३ मा प्रकाशित

हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, जीवन बीमा र लघुवित्तबाहेक सबै समूहको शेयर घट्दा उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर झण्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाड्रोपावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ ।

आज ९४ लाख ७८ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २५ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया