अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द हुने

बिआरटीनेपाल २०८० चैत २ गते ७:०१ मा प्रकाशित

ऋणदाता राष्ट्रहरूको अनौपचारिक समूह पेरिस क्लब सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न सहमत भएको छ । पेरिस क्लबको उद्देश्य ऋणी राष्ट्रहरूले सामना गर्ने भुक्तानी समस्याहरूको व्यावहारिक समाधान खोज्नु रहेको भन्दै समूहले सोमालियाको समस्यालाई दृष्टिगत गरी यो निर्णय लिइएको जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०२३ डिसेम्बरमै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) समेतको पहलबाट गरीब देशहरू अर्थात एन्हान्स्ड एचआईपीसीको ऋण अनुमोदन अन्तर्गत ऋणदाता राष्ट्र र ऋणी राष्ट्रको आपसी समन्वयपछि निष्कर्षमा पुग्न सकिने सहमति भएको थियो  । त्यही अनुसार पेरिस क्लब अर्थात ऋणदाता देशहरू र सोमालीयाको सरकारका प्रतिनिधिहरू अस्ति भएको बैठकपछि ऋण रद्ध गर्ने निर्णय लिइएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू