अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

अमेरिकाद्वारा रूसविरुद्ध ५०० भन्दा बढी प्रतिबन्धको घोषणा

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:४० मा प्रकाशित

अमेरिकाले रूसविरुद्ध ५०० भन्दा बढी प्रतिबन्धको घोषणा गरेको छ ।युक्रेनमा आक्रमण र विपक्षी नेता एलेक्सी नाभाल्नीको हिरासतमा मृत्यु भएपछि अमेरिकाले रूसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।प्रतिबन्धले नाभाल्नीलाई जेल हाल्नमा संलग्न र युद्धसँग जोडिएका व्यक्तिलाई लक्षित गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए । रूसका करिब एकसय फर्म तथा व्यक्तिमाथि निर्यात प्रतिबन्धको घोषणा भएको छ ।

प्रतिबन्धले रूसको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट छैन । प्रतिबन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अझै ठूलो मूल्य चुकाउनुपर्ने स्थिति सिर्जना गर्ने बाइडेनले भन्नुभएको छ । युरोपियन युनियन(ईयू)ले पनि २०० रूसी संस्था तथा व्यक्तिमाथि प्रतिबन्धको घोषणा गरेको छ । प्रतिक्रियामा रूसको विदेश मन्त्रालयले ईयूका अधिकारी र राजनीतिज्ञलाई रूसमा प्रवेश गर्न प्रतिबन्धित सूचीमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू