अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुङ्गाे लगाउन सांसदहरूको माग

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:२५ मा प्रकाशित

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक जतिसक्दो चाँडो समितिबाट वा प्रतिनिधि सभा बैठकमा पेस गरेर टुङ्गो लगाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गाेमा पुर्‍याउन कानुन, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गर्नुभयो । उहाँले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गर्दै विधेयक एक पटक छलफल गरेर फागुन १९ गतेभित्र टुङ्गाे लगाइसक्नुपर्ने प्रस्ताव गर्नुभयो ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले पनि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले समितिमा उठेका विषयहरूलाई छलफल गरी छिटोभन्दा छिटो पीडितमैत्री कानुन बनाई पारित गर्न आवश्यक रहेको बताउनुभयो । सङ्क्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुङ्ग्याउन आवश्यक रहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू