अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

सन् २०२३ नेपालमा चार दशक यताकै तातो वर्ष

बिआरटीनेपाल २०८० माघ २९ गते ४:५६ मा प्रकाशित

सन् २०२३ मा नेपालको औसत तापक्रम ४२ वर्ष यताकै बढी रेकर्ड भएको छ । यसअघि सन् २०१०, २०१६ र २०२३ पनि तातो वर्षका रुपमा रहेकामा सन् २०२३ ती सबै रेकर्डलाई तोडेर सन् १९८१ पछिकै तातो वर्ष बनेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२३ मा अधिकतम र न्यूनतम तापक्रम दुवै सामान्यभन्दा बढी रेकर्ड भएका छन् ।

सन् २०२३ मा नेपालको औसत अधिकतम तापक्रम २७ दशमलव ९ डिग्री सेल्सियस थियो । यो सामान्य वार्षिक अधिकत तापक्रमभन्दा शून्य दशमलव ६ डिग्री सेल्सियसले बढी हो । सन् १९८० को दशकमा औसत वार्षिक अधिकतम तापक्रम २६ दशमलव ४ डिग्री सेल्सियस थियो । सन् २०२३ मा नेपालको औसत न्यूतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

यो वार्षिक न्यूनतम तापक्रमभन्दा शून्य दशमलव ५ डिग्री सेल्सियस बढी हो । सन् २०२३ मा  नेपालका १२ ठाउँमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको छ । मौसम विज्ञान विभागका अनुसार वैशाख अन्तिमतिर नेपालमा एक्कासी बढेको तापक्रम असारको दोस्रो हप्तासम्म रहेको थियो । सन् २०२३ मा कपिलवस्तु, रुपन्देही, नवलपरासी–पश्चिम, चितवन, पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी र सिरहा जिल्लाका केही ठाउँमा केही दिन तापक्रम ४२ डिग्री सेल्सियस नाघेको थियो । सन् २०२३ वर्षाको हिसाबले भने सामान्य रह्यो । समग्रमा ९१ प्रतिशत वर्षा भएको छ ।  सन् १९८१ पछि सन् २०२३ आठौँ सबैभन्दा सुक्खा वर्ष बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू