अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

तान्जानियामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु

बिआरटीनेपाल २०८० मंसिर १८ गते ६:३० मा प्रकाशित

पुर्वी अफ्रिकी मुलुक तान्जानियामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका ८५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बाढी पहिरोका कारण हजारौं विस्थापित भएका छन् । तान्जानियाको कातेश शहर बाढी र पहिरोले बढी प्रभावित भएको छ । गत शनिबारदेखि प्रतिघण्टा १ सय ८६ मिलिमिटर मापन गरिएको वर्षापछि बाढी र पहिरो जाँदा सडक बन्द हुनुका साथै बिजुली आपुर्ती समेत अवरुद्ध हुन पुगेको छ ।

यसैबीच तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले बाढी र पहिरो प्रभावितहरुको उद्धारमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले विपत्तीमा परेका नागरिकलाई सक्दो सहयोग गर्न सरकार तयार रहेको जनाउनु भएको छ । पछिल्लो समय अफ्रिकी मुलुकहरु प्राकृतिक विपत्तीमा पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू