अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

बढ्यो फेसबूक ह्याक : साइबर ब्यूरोमा २ दिनमै २४९ उजुरी

बिआरटीनेपाल २०८० मंसिर १७ गते ७:१७ मा प्रकाशित

सामाजिक सञ्जाल फेसबूक ह्याक भएको भन्दै उजुरी गर्नेको संख्या ह्वात्तै बढेको छ ।नेपाल प्रहरीको साइबर ब्यूरोमा २ दिनमा मात्रै २४९ वटा उजुरी दर्ता भएका छन् । ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार आज (आइतवार) मात्रै १ सय ४० जनाले आफ्नो फेसबूक ह्याक भएको भन्दै उजुरी दिएका छन् । शुक्रवार १ सय ९ जनाले उजुरी दिएका उहाँले बताउनुभयो ।

शुक्रवार इमेल र सिधा ब्यूरोमा आएर १ सय ९ जनाले उजुरी दिएको इन्स्पेक्टर खड्गीले बताउनुभयो । ‘पछिल्लो समय अत्यधिक फेसबूक ह्याक भएका उजुरी परेका छन्,’ इन्स्पेक्टर खड्गीले भन्नुभयो । आफ्नो फेसबूकलाई सुरक्षित राख्नका लागि पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू