अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

नेपाल एअरलाइन्सले हिजो छुटेका यात्रुलाई आज दुबई लैजाने

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:५९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा हिजो बुधवार छुटेका ३१ जना यात्रुलाई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज बिहीवार पुर्‍याउने भएको छ । यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निगमले आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।

हिजाे राति ११ बजेको तालिका भए पनि साढे ९ बजे नै उड्नुपर्ने भएकाले यात्रुको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सीमार्फत जानकारी गराइएकोमा केही यात्रु छुट्न पुगेका निगमको भनाइ छ । यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनीकरणमा प्रयासरत रहेको पनि निगमले जनाएको छ । निगमले गए राति प्रधानमन्त्री प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रु छुटेका थिए । छुटेका यात्रुलाई निगमले होटलमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू