अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

अमेरिकामा शिख अभियन्ताको हत्या प्रयास विफल

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:५७ मा प्रकाशित

अमेरिकाले आफ्नो भूमिमा एक जना शिख अभियन्ताको हत्या प्रयास बिफल पारेको दाबी गरेको छ ।न्युयोर्कमा एक जना शिख अभियन्ताको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा एक जना भारतीय नागरिक चेक रिपब्लीकबाट पक्राउ परेका छन् । ५२ वर्षीय भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकी सुरक्षा एजेन्सीको सहयोगमा चेक गणतन्त्रमा पक्राउ गरिएको हो । अहिले चेक गणतन्त्रमै रहेको गुप्तालाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया चलिरहेको छ ।

अमेरिकी संघिय अभियोजकहरुले गुप्ताविरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन् । गुप्ताले भारत सरकारका उच्च अधिकारीको निर्देशनमा शिख अभियन्ताको हत्याका लागि एक लाख अमेरिकी डलरमा एक जना पेशेवर अपराधीसँग कुरा गरेको अमेरिकी दाबी छ ।

भारत सरकारले भने यसबारे जानकारी नभएको बताउँदै छानविन गरिरहेको जनाएको छ । पाकिस्तानको पञ्जाव प्रान्तलाई शिखहरुको छुट्टै अलग्गै राज्य खालिस्तान बनाउन माग गर्दे विश्वभर शिख समुदायले अभियान चलाइरहेका छन् । पछिल्लो समय विश्वका विभिन्न शहरमा शिख अभियन्ताहरु मारिने क्रम बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू